उपाहार न्यूज
उदयपुर जेठ १९
पालिका क्षेत्रमा संक्रमण बढ्दै गए पछि उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले १० दिनको लागि पालिका क्षेत्रलाई शिल गरेको छ । जेठ १९ गते राती १२ बजे देखि लागु हुने गरी जेठ २९ गते सम्मको लागि पालिका क्षेत्र शिल गरिएका गाउँपालिका अध्यक्ष मेजरकुमार राईले जानकारी दिनु भयो । पालिकाको ५ वटै वडामा संक्रमण दर बढ्दै गएकाले पालिकाले शिल गरेको हो । कोरोना संक्रमण रोक्नको लागि कर्मचारी, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुले ज्याननै जोखिममा राखेर काम गर्दा पनि संक्रमणदर नियन्त्रणमा नआएकाले पालिका क्षेत्र शिल गरेको हो । पालिका क्षेत्रमा हिडडुल गर्न परे या कुनै काम विशेषले एक ठाउँबाट अर्को ठाउँबाट हिड डुल गर्नु परे अनिवार्य पासको लिएर मात्रै जान पालिकाले नागरिकलाई आव्हान गरेको छ । यदि विना पास हिडडुल गरेमा नगद जरिवाना गर्ने पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । कोरोना संक्रमण्बाट लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछाका ५५ बर्षिय पुरुषको आज मृत्यु भएको थियो ।
