उपाहार न्यूज
उदयपुर जेठ १९
प्रवासमा रहको युवाहरुको समुह ब्रदर्स ग्रुपले त्रियुगा नगरपालिका १२ का विपन्न ३० परिवारलाई खाद्यन्न सहयोग गरेको छ । लामो समय देखि बैदेशिक रोजगारीमा कतारमा रहेका युवाहरुको समुह ब्रदर्स ग्रुपले उपलब्ध गराएको खाद्यन्न आज वितरण गरिएको हो । त्रियुगा नगरपालिका वडा नम्बर १२ का डिएमगेटका ७ र बोटे टोलका २३ गरी ३० परिवारलाई खाद्यन्न सहयोग गरेको समाजसेवी खेमनारायण यादवले जानकारी दिनु भयो । गाईघाट स्थायी ठेगना भई हाल कतारमा लामो समय देखि बैदेशिक रोजगारीमा कार्यरत संदिप भट्टराई नेतृत्वको युवाहरुबाट राहतको लागि सहयोग प्रदान भएको राहत वितरणका संयोजक सरोज श्रेष्ठले जानकारी दिए ।