उपाहार न्यूज
उदयपुर जेठ १९
उदयपुर सिमेन्ट उद्योगले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अक्सिजन सिलिण्डरसहित १५ वेडको आइसोलेसन रूम तयार गरेको छ । उदयपुर जिल्लाको देउरी र सुकौरा स्वास्थ्य केन्द्रमा ५÷५ वटा अक्सिजन सिलिण्डर राखि आइसोलेसन रूम तयार गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, त्रियुगा नगरपालिका र स्थानीय वडा कार्यालयको संयुक्त पहलमा उक्त आइसोलेसन रूम तयार पारिएको हो ।
कोरोना भाइरसका विरामीलाई लक्षित गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त आइसोलेसन रूम तयार पारेको उद्योगले जानकारी दिएको छ । उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले सुकौरामा ५ र देउडीमा १० बेडको आइसोलेसन रुम तयार भएको जानकारी दिए ।कथंकदाचित उद्योगका कर्मचारी बिमारी परी होम आइसोलेसनमा बस्न असहज परे उक्त रूम विशेष प्राथमिकतामा हुने उनले जानकारी दिए ।
साथै दुबै स्वास्थ्य केन्द्रलाई प्रशासन मार्फत ५÷५ लिटर स्यानिटाइजर, २५० पीसको दरले मास्क र ५÷५ वटा अक्सोमिटर प्रदान गरिएको छ ।
लागतको हिसाबले सानो तर मानवीय आस्थाको हिसाबले उक्त कार्य एउटा असल काम भएकोमा उदयपुर सिमेन्ट उद्योग लिमिटेड परिवार गौरावान्वित भएको उनले बताए । इआर्थिकबाट