उपाहार न्यूज
उदयपुर जेठ १७
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ५ भर्तियाल चौरीमा गिदेरी खोला तथा वन क्षेत्रबाट ढुंगा गिटि उत्खन्न गर्न थाले पछि स्थानिय रोक लगाएका छन् । सोमबार बिहान स्थानिय विहान बेलका ५ का स्थानिय नागरिकहरुले अबैध रुपमा ढुंगा गिटि उत्खन्न गरेको भन्दै उक्त स्थानमा अबरोध पु¥याएका हुन् । स्थानिय तिलक कटुवाल लगायतले अबैध रुपमा उक्त स्थानमा स्काभेटरको प्रयोग गर्दै टिफरका टिफर ढुंगा गिटि उत्खन्न गरे पछि स्थानियहरुले रोक लगाएको स्थायिन देवेन्द्र सापकोटाले जानकारी दिनु भयो ।
स्थानियले उक्त स्थानमा ढुंगा गिटि उत्खन्नमा रोक लगाए पछि उक्त स्थानमा प्रयोग गरिएको स्काभेटर इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ । वेलका नगरपालिकाले उक्त क्षेत्रबाट हुलाकी राजमार्ग निर्माणको लागि कान्छाराम निर्माणलाई दुई हजार घनमिटर गिटिनिकाल्ने गरी स्वीकृति दिए अनुसार काम भएको वेलका नगरपालिकाका शाखा अधिकृत चेतनाथ गौतमले जानकारी दिनु भयो । तर वन क्षेत्रबाट अबैध रुपमा ढुंगा गिटि निकाल्न थाले पछि आफुहरुले अबरोध गरेको स्थानिय नागरिकहरुले बताएका छन् ।