उपहारन्यूज संवाददाता
उदयपुर । ११ बुँदे घोषणा पत्र जारी गर्दै तेस्रो ऐतिहासिक बेटी सम्मेलन हेटौडामा सम्पन्न भएको छ । हेटौडाको हेटौडा उपमहानगरपालिकास्थित होटल एभोकाडो गुँरास हलमा आयोजित तीन दिने सम्मेलनमा देशभरका महिला प्रतिनधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका थिए । पूर्व शिक्षामन्त्री चित्रालेखा यादव, हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतल, गैसस महासंघ उदयपुरका अध्यक्ष सुमन परियारगायतको उपस्थिती रहेको कार्यक्रम आयोजक मासवेशका अध्यक्षसमेत रहेकी नजबुल खानले बताईन् ।
कार्यक्रमलाई सुसिला श्रेष्ठले सहजीकरण गरेका थिए । राष्ट्रिय बेटी सम्मेलनका संयोजक नजबुल खानको अध्यक्षतामा सम्पन्न सम्मेलनले सार्वजनिक स्थलहरुमा सेनीटरी प्याड अनियार्व सरकारले उपलब्ध गराउनुपर्ने, आषणमा महिला–भाषणमा महिला र बलात्कार गर्नेबिरुद्ध फाँसीको सजायसमेत माग हुनुपर्ने माग गरिएको छ । सरिता राईले सञ्चालन गरेको कार्यक्रम बिमला सुनुवारले स्वागत मन्तव्य राखेकी थिईन् । सानु चौधरीको व्यवस्थापन रहेको थियो ।

सम्मेलनमा बोल्दै आभासा अभियानका राष्ट्रिय संयोजक नजबुल खानले बलात्कारबिरुद्ध राज्यले कडा कानुन ल्याउनुपर्ने माग गरिन् । उनले बलात्कारमा संलग्नलाई फाँसीसम्मको सजाय हुनुपर्ने बताइन् । त्यस्तै विशेष अभियान आभासाअन्तर्गत बागमती प्रदेशस्तरीय समिति पनि गठन भएको छ । अध्यक्ष मिरा सेनतान, महासचिव रेनुका फूयाल, प्रवक्ता शक्ति शिवाकोटी रहेका छन् ।
त्यस्तै २१ सदस्यीय समितिको अन्य सदस्यहरुमा बिमीरा श्रेष्ठ, समित्रा थिड, शान्ति वाईवा, मिना बल, मुना पाठक, रश्मी थिड, मानवी बाँनीया, सिर्जना नेपाल, रेजिना माझी, मिना श्रेष्ठ, टीका पौडेल, सिर्जना अर्याल रहेका छन् । त्यस्तै बाँकी ३ सदस्य पछि मनोन्वयन गरिने बताइएको छ ।
