उपाहार न्यूज
उदयपुर पौष २५
संगम सामुदायीक पुस्तकालय गाईघाटको १६ औ साधरणसभा तथा ५ औ अधिवेशन शनिवार गाईघाटमा सम्पन्न भएको छ । साधरण सभा तथा अधिवेशनले पुन भरत खड्काको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ, समितिको उपाध्यक्षमा गिता कार्की, महासचिवमा विनोद खतिवडा, सचिव राजेन्द्र प्रसाद साह, कोषाध्यक्षमा रेवती रमण गेलाल सदस्यहरुमा टंक प्रसाद गुरागाई, मधुसुधन श्रेष्ठ, मुनु खड्का र भिम बहादुर खड्का सहित ९ सदस्यीय समिति चयन भएका छन् ।
१३ सदस्यीय समितिको बाकी सदस्य भने पछि मनोनित गर्ने अध्यक्ष खड्काले बताउनु भयो । संगम सामुदायीक पुस्तकालयको आफ्नै सभाहलमा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य अम्बिका थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरुले पुस्तकालयको संस्थागन विकास गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।