उपाहार न्यूज
बेलका उदयपुर ,असोज ९
निजी तथा आवासीय विद्यालयहरुले मात्रै बेलका नगरपालिकामा प्रयोगमा ल्याएको विद्यालय वस सेवा अब उदयपुरको बेलका नगरपालिका वडा नं ४, स्थित सामुदायिक विद्यालय जनता नमुना मा वि गुरुड०चौरीले नगरमै पहिलो पटक स्कुल बस संचालनमा ल्याउने गरि अन्तिम तयारी थालेको छ । विद्यालयले यस अघि स्कुल बस खरीदका लागि टेन्डर समेत आव्हान गरिसकेको थियो ।
नेपाल सरकारको भन्सार छुट सहुलियतमा १८ लाख ५० हजार बराबरको ४० सिट क्षमताको स्कुल बस खरिदको प्रकृया अगाडी बढाईएको बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष मनोज तामाङले जानकारी दिनु भयो ।
अध्यक्ष तामाङका अनुसार वस खरिदको लागि कम्पनिमा केही रकम पठाईसकेको बताउनु भयो । सम्भवत यसै साता भित्र बस विद्यालयमा आईपुग्नेछ, अध्यक्ष तामाङले भने, अन्य स्कुल बसहरु आवश्यकतानुसार थप गरिदै लगिनेछ ,सम्भवत २ देखि ३ वटा सम्म स्कुल बस निकट समयमै थपिन सक्छ ।
गरिव जनताका छोरीछोरीहरुलाई गुणस्तरिय शिक्षा संगै यातायातको थप सुविधा सहित विद्यालय संचालनको तयारीमा रहेको प्रधानाध्यापक समर बहादुर राई बताउनु भयो । निजी विद्यालयसंगको प्रतिस्पर्धा भन्दा पनि बिद्यार्थी र अभिभावकहरुका सुविधालाई मध्यनजर गरेर बस खरिदको प्रकृयामा विद्यालय लागेको हो, प्रअ राईले भने ।
विद्यालयले हाल सिभिल ईन्जिनियरीङको पठन पाठन बिहान ८ वजे देखि सा‘झ ५ बजेसम्म संचालन गर्ने , नेपाली र अंग्रेजी माध्यमको कक्षामा अध्ययन गर्ने छात्र छात्रा टाढा टाढावाट आउनु पर्ने भएकोले यातायातको सुविधा विद्यालयले गरेको हो, सामान्य यातायात शुल्क यातायात सुविधा वापत अभिभावकले तिर्नु पर्नेछ, प्रअ राईले भने ।
बेलका नगरमा मावि गुरुङचौरीले यसै बर्षबाट प्राबिधीक धार तर्फ सिभिल ईन्जिनियरीङ पठन पाठनको स्विकृत संगै नेपाल सरकारवाट नमुना विद्यालयको रुपमा छनौट गरेको छ । चालु शैक्षिक सत्रबाट अंग्रेजी माध्यमबाट शिसु देखि कक्षा ८ सम्म अध्यापन गराउने गरी सम्पुर्ण तयारी पुरा गरिसकेको प्रअ राईले बताउनस भयो ।