Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा पनि सामाजिक सेवा दिवशको प्रारम्भ, जाल्पाले बाड्यो शैक्षिक सामाग्री

  • उपहार न्युज
  • सोमबार, असोज ५ २०७७
उदयपुरमा पनि सामाजिक सेवा दिवशको प्रारम्भ, जाल्पाले बाड्यो शैक्षिक सामाग्री

भरत बोहोरा
उदयपुर असोज ५
सामाजिक क्षेत्र ः राष्ट्रिय गौरव, आजको प्राथमिकता समृद्धि सुखका लागि सामाजिक रुपान्तरण र उधमशिलता” भन्ने मुल नाराका साथ जाल्पा एकिकृत विकास समाज,उदयपुरले ४१ औ सामािजक सेवा दिवश मनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १३ स्थित जनप्रेमी आधारभुत विधालय पुरानो गाईघाटका १०० जना वालवालिकाहरुलाई शौक्षिक सामग्रीहरु वितरण गर्दै ४१ औँ सामाजिक सेवा दिवस मनाएको हो ।
विधालयमा अध्यायनरत गरिव तथा सामाजिक बहिस्करणमा परेका सदा दलित समुदायका अति विपन्न बालवालिकाहरु शौक्षिक सामग्रि अभाबका कारण विधालयमा अनियमित थिए, तीनै बालवालिकाहरुलाई विधालयमा नियमित गराई पठनपाठनमा उनिहरुको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । विधालयका १०० जना वालवालिकालाई प्रतिव्यक्ति ५ कपी १ कलाम र १ बर्णमाला साथै विधालयको शौक्षिक सुधारका लागि वुक कर्नर स्थापनाका लागि विभिन्न ९ शिर्षकका ३०० प्रति बाल चित्र कथाका कितावहरु हस्तान्तरण गरिएको हो ।

४१ औँ सामाजिक सेवा दिवश गैरसरकारी संस्था महासंघको संयोजनमा सप्ताह व्यापी रुपमा संचालन गर्न विभिन्न कार्यक्रमहरु तय गरिएको मध्य जाल्पाले शौक्षिक सामग्रि वितरण कार्यक्रम गरिएको जाल्पा एकिकृत विकास समाज,उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले जानकारी दिनु भयो ।

सामाजिक सेवा दिवश त्रियुगा नगरपालिकाका कार्यवाहक मेयर देवी कुमारी चौधरी,गै.स.स महासंघ केन्द्रिय सल्लाहकार सिर्जना दनुवार, गैसस महासंघ केन्द्रिय सदस्य महेश्वरी राई गैसस महासंघ जिल्ला शाखा अध्यक्ष सुमन परियार,सचिव सि.एम गुरागाई, कोषाध्यक्ष सृजना पौडेल, विव्यास अध्यक्ष विष्णुु बहादुर मगर, प्र.अ शौलेन्द्र खतिवडा, समाजशेवी गौरी नारायण चौधरी र सरस्वती महतराको आथित्यमा साप्ताहव्यपी कार्यक्रमको उद्घाटन भएको हो ।

कार्यक्रममा कार्यवाहक मेयर देबी कुमारी चौधरीले “जब सम्म अभिभावकहरु आर्थिक रुपमा बलियो हुदैनन तवसम्म उनिहरुका वालवालिकाहरुको शिक्षामा पहुच अभिवृद्धि हुन असहज हुने र गरिब किसान बिपन्न समुदाय तथा परिवारहरुको लागि त्रियुगा नगरपालिका बाट आर्थिक रुपमा बलियो बनाउने कार्यक्रम ल्याउन पहल गरिरहेको बताउनु भएकोे थियो ।” शौक्षिक सामग्रि वितरण कार्यक्रमका सभापति तथा जाल्पा एकिकृत विकास समाज, उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले गरिव तथा पिछाडी पारीएका वर्गहरुको उत्थानको लागि आयमुलक तथा सेवामुलक कार्यक्रमहरु संचालन गर्ने उद्देश्यले स्थापना भएको संस्थाले सामाजिक सेवा दिवसको पुर्वसन्ध्यामा शौक्षिक सामग्रि वितरण गर्न अवसर प्रदान गर्नु हुने विधालयलाई धन्यवाद दिदै गरिव तथा सामाजिक बहिस्करणमा परेका समुदायका वालवालिकाहरुलाई निरन्तर सहयोग गरि रहने जनाकारी गराउदै कोभिडको महामारीमा सचेत रहन अनुरोध गर्दै विधालय खुले पछि आफ्ना वालवालिकालाई नियमित विधालय पठाउन अनुरोध गर्नु भयो । सप्ताहव्यपी कार्यक्रममा अन्य क्षेत्रमा सहयोग गर्दै कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जाहेर गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

Last updated:2020 Sep 21 Monday 11:08:19

प्रतिक्रिया
सम्बन्धित समाचार