उपाहार न्यूज
उदयपुर असार ९
संसारलाई बदल्नु छ सुरु आफैबाट गर्नु छ भन्ने उखान यतिवेला वेलका नगरपालिका वडा नम्बर ४ मा चरितार्थ भएको छ । सरकारले सामुदायीक विद्यालयमा वालवालिकालाई भर्ना गराउन विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याए पनि समाजका प्रतिष्ठीत व्यक्तिहरुले व्यवहारमा परिणत भने कमै मात्र गरेका पाईन्छ ।
वेलका नगरपालिका ४ स्थित जनता माध्यमिक विद्यालय गुरुङचौरीमा स्थानिय राजनैतिक दलका नेता, जनप्रतिनिधि र शिक्षकहरुले आफ्ना बालबालिकाहरुलाई सामुदायीक विद्यालयमा भर्ना गरेर उदाहरणीय काम गरेका छन् । नयाँ शैक्षिक शत्र सुरु भए संगै विद्यालय भर्ना अभियान संचालन भैरहदा जनता माध्यमिक विद्यालय गुरुङचौरीमा नेकपा वेलका नगर समितिका अध्यक्ष मनोज तामाङले आफ्ना छोरा प्रमिस तामाङलाई कक्षा ६ मा भर्ना गराएका छन् । स्थानिय एक निजि विद्यालयमा अध्यानरत प्रमिस विद्यालय फस्ट गर्न सफल विद्यार्थी समेत हुन्, मावि गुरुङचौरीले कक्षा १ देखि ८ सम्म अंग्रेजी माध्यमको कक्षा संङचालन गर्दै आएको छ । नगर अध्यक्ष तामाङले आफ्ना छोरालाई कक्षा ६ मा भर्ना गरेको बताए । तामाङ मावि गुरुङचौरीको विद्यालय व्यवस्थपन समितिका अध्यक्ष समेत हुन् ।

त्यसैगरी वेलका नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिपक दंगालले पनि आफ्ना दुई छोरा छोरीलाई आईतबारनै विद्यालय भर्ना गराएका छन्, दंगालले आफ्ना बालबालिकालाई नर्सरी र कक्षा ५ मा भर्ना गराएका हुन् वडाध्यक्ष दंगाल सो विद्यालयका पदेन सदस्य समेत हुन् । मावि गुरुङचौरीमा नगर अध्यक्ष तामाङ र वडाध्यक्ष दिपक दंगालले मात्र आफ्ना बालबालिकालाई विद्यालय भर्ना गराए संगै सो विद्यालयका शिक्षक शिक्षिकाहरुले पनि बालबालिकालाई निजि विद्यालयबाट सामुदायीक विद्यालय भर्ना गराएको स्थानिय वेलका नगरपालिकाका स्रोत व्यक्ति सम्मर राईले जानकारी दिनु भयो । आईतबार मात्रै विभिन्न निजि विद्यालयबाट स्थानिय अभिभावकहरुले पनि मावि गुरुङचौरीमा वालवालिकाहरुलाई भर्ना गराएका छन् राईले बताउनु भयो । कक्षा १२ सम्म संचालन हुदै आएको मावि गुरुङचौरीमा यसै बर्षबाट सिभिल ईन्जिनियरिङ र विज्ञानको कक्षा संचालनमा ल्याईएको विव्यस अध्यक्ष समेत रहेका नेकपा वेलका अध्यक्ष मनोज तामाङले जानकारी दिनु भयो । सरकारले सामुदायीक विद्यालयमा ठूलो लगानी गरे पनि विद्यालयमा शैक्षिक गुणस्तरका लागि सबैले चासो नदेखाउदाँ विद्यालयको शैक्षिक गुणस्तर खस्कदै जाने भएकाले विद्यालयको निरन्तर निगरानी र सहयोग अभिभावकले पनि गर्नु पर्ने अध्यक्ष तामाङले बताउनु भयो । विद्यालयमा भर्ना हुन आएका नव आगन्तुक विद्यार्थीहरुलाई बेलका नगरका मेयर दुर्गा कुमार थापा , नगर शिक्षा प्रमुख सुनिल निरौला,बिव्यास अध्यक्ष मनोज तामाङ, नेकपा उदयपुर जिल्ला सदस्य रमन भट्टराई,वडाध्यक्ष दिपक दंगाल,नेकपा नगर सचिव गणेश बस्नेत ,प्रअ लगायत अन्य अतिथीहरुले फÞुल माला अबिर र खादाले नानीहरुलाई विद्यालयमा स्वागत गरेको स्थानिय पत्रकार सुमन खतिवडाले जानकारी दिए ।
नगरप्रमुख थापाले वालवालिकालाई उनिहरुको मनोविज्ञान बुझेर पठन पाठनमा उत्प्रेरित गराउनु पर्ने वताउनु भयो । मेयर थापाले अब खैनी माड्दै विद्यालय आउने शिक्षकहरु सच्चिनुको बिकल्प नरहेको र लक डाउनको अबधिभर घरै बसेर मात्रै सरकारी तलब खानु पाप हुने बताउनुभयो।
नगर शिक्षा प्रमुख सुनिल निरौलाले अब सामुदायिक विद्यालयले फड्को मारिसकेको हुनाले अभिभावकहरुले निर्ढुक्क आफ्ना नानीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराउन अनुरोध गर्नु भयो ।