Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

सानिमा रिलायन्स लाईफका अभिकर्ताको कोशी प्रदेश समिति गठन

  • उपहार न्यूज
  • शनिबार, साउन २३ २०८३
सानिमा रिलायन्स लाईफका अभिकर्ताको कोशी प्रदेश समिति गठन

उपहार न्यूज
इटहरी श्रावण २३
नेपाल राष्ट्रिय बिमा अभिकर्ता संघ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको कोशी प्रदेश समितिको प्रथम प्रादेशिक भेला शनिबार सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।
भेलाले विश्वराज तामाङ (उदयपुर) को अध्यक्षतामा १३ सदस्यीय कोशी प्रदेश कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा निर्मला दुलाल (विराटनगर), उपाध्यक्षमा बन्दना उप्रेती (विर्तामोड), सचिवमा रिता थाम्सुहाङ (विर्तामोड), सह–सचिवमा अल्पना कुमारी उराउ (इनरुवा) र कोषाध्यक्षमा हिरा आलेमगर (इटहरी) चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा बन्दा घिमिरे (विराटनगर), रुपा लिम्बु (विर्तामोड), मधुका चौलागाई (इटहरी), रुपा श्रेष्ठ (विर्तामोड) र देवराज राई (गाईघाट) चयन भएका छन् । संघको विधान बमोजिम एक उपाध्यक्ष र दुई सदस्य पछि मनोनित गरिने संघले जनाएको छ ।
अध्यक्षमा निर्वाचित तामाङ पत्रकारितामा समेत क्रियाशिल छन्, उनी नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष हुन् । उदयपुरमा संचार उद्यमीको पहिचान स्थापित तामाङले उदयपुरबाट त्रियुगा एक्सप्रेस दैनिक पत्रिका, उपहार एफ.एम र उपहार न्यूज अनलाईन समेत संचालन गर्दै आएका छन् ।
विमा अभिकर्ता पेशा सामाजिक सेवाभावका साथ गर्न सके हरेक नागरिकमा बचत गर्ने बानी र व्यक्तिगत सुरक्षामा जोड दिन सकिने भएकाले पछिल्लो समय पत्रकारिता संगै व्यवसायीक अभिकर्ताको रुपमा कार्य गर्दै आएका छन् ।
नेपाल राष्ट्रिय बिमा अभिकर्ता संघ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय उपाध्यक्ष सिता श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय बिमा अभिकर्ता संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामकुमार बुढाथोकी प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा संघका केन्द्रीय सचिव श्रीप्रसाद सिटौला, नेपाल राष्ट्रिय बिमा अभिकर्ता संघ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय अध्यक्ष नमिता न्यौपाने, नेपाल लाइफका केन्द्रीय सचिव तेजप्रसाद तिवारी लगायतको उपस्थिति थियो ।
बिमा अभिकर्ता पेशालाई मर्यादित र सम्मानित बनाउँदै अभिकर्ताहरूको पेशागत अधिकार तथा सुरक्षाका लागि संघले काम गर्दै आएको कार्यक्रममा सहभागी वक्ताहरूले बताएका छ । उनीहरूले अभिकर्ताहरूको हक, अधिकार र पेशागत सुरक्षालाई स्थापित गर्दै सफल तथा व्यवसायिक अभिकर्ताका रूपमा अघि बढाउन ट्रेड युनियनको माध्यमबाट काम भइरहेको बताए।


बिमा प्राधिकरण अन्तर्गत रहेका १४ वटा कम्पनीको छाता संस्थाका रूपमा नेपाल राष्ट्रिय बिमा अभिकर्ता संघ रहेको बताइएको छ । संघअन्तर्गत विभिन्न कम्पनीका प्रादेशिक समितिहरू गठन गर्ने क्रममा कोशी प्रदेशमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रादेशिक भेला पहिलो भएको संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रामकुमार बुढाथोकीले बताउनु भयो ।
भेलाले अभिकर्ताहरूलाई संगठित गर्दै उनीहरूको पेशागत क्षमता विकास, अधिकार संरक्षण तथा बिमा व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । अभिकर्ता संघको केन्द्रिय समिति गठन संगै सातै प्रदेशमा प्रादेशिक भेला तथा जिल्ला जिल्लामा समेत संघको विधान अनुसार समिति गठन भैरहेको प्रदेश भेला संगै अब जिल्ला जिल्ला समेत संघ विस्तार गर्ने कार्य भैरहेको नेपाल राष्ट्रिय बिमा अभिकर्ता संघ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय अध्यक्ष नमिता न्यौपानेले जानकारी दिनु भयो ।

Last updated:2026 Aug 08 Saturday 14:57:49

प्रतिक्रिया
सम्बन्धित समाचार