Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

रोल्पामा जिप दुर्घटना : ९ जना घाइते, सहचालकको अवस्था गम्भीर

  • उपहार न्यूज
  • मंगलबार, साउन १९ २०८३
रोल्पामा जिप दुर्घटना : ९ जना घाइते, सहचालकको अवस्था गम्भीर

रोल्पा, साउन १९ — रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङस्थित सडकमा सोमबार जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये सहचालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गंगादेव गाउँपालिका–१ भुर्तिबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेपछि दुर्घटना भएको हो। जिप चालक गंगादेव गाउँपालिका–१ निवासी अन्दाजी २२ वर्षीय दिलकुमार वलीले चलाइरहेको उक्त जिपमा चालकसहित १० जना सवार रहेका थिए।

दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी स्वास्थ्य चौकी जुगार, रोल्पामा प्राथमिक उपचार गरिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि सबै घाइतेलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर (दाङ) पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सहचालक गंगादेव गाउँपालिका–१ निवासी अन्दाजी २४ वर्षीय चित्रराम वली गम्भीर घाइते भएका छन्। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

घाइते हुनेहरूमा गंगादेव गाउँपालिका–१ गोठीखोला निवासी ४१ वर्षीय धर्मराज डाँगी, ७७ वर्षीय सुपुरी डाँगी, गंगादेव गाउँपालिका–१ निवासी २३ वर्षीय पलबहादुर घर्तीमगर, त्रिवेणी गाउँपालिका–७ दर्बै निवासी २८ वर्षीया मनिका डाँगी, उनका ४ वर्षीय छोरा प्रदीप डाँगी, माडी गाउँपालिका–१ जबाङ दमुरी निवासी २५ वर्षीय पृथ्वी पुन मगर, झिनुवा निवासी २८ वर्षीय हरि वली तथा भारतको मोतिहारी जिल्ला निवासी कवाडी व्यवसायी २५ वर्षीय सन्तोष सहनी रहेका छन्।

प्रहरीले दुर्घटनापछि चालक दिलकुमार वलीलाई नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Last updated:2026 Aug 04 Tuesday 09:59:42

प्रतिक्रिया
सम्बन्धित समाचार