Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

लोक तथा दोहोरी क्षेत्रमा अस्लिलताले सिमा नाघ्यो, नियमनको माग

  • उपहार न्यूज
  • मंगलबार, बैशाख २९ २०८३
लोक तथा दोहोरी क्षेत्रमा अस्लिलताले सिमा नाघ्यो, नियमनको माग

बिज्ञान पराजुली
पछिल्लो समयमा नेपालमा लोक तथा दोहोरी गितमा प्रयोग गरेका अस्लिल शब्दले सिमा नाघेको सरोकारवालाले जनाएका छ्न ।
रास्टिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपालले आज एक बिग्यप्ती जारी गर्दै , पछिल्लो समय विभिन्न सामाजिक संजाल , प्रत्यक्ष दोहोरी गाइने रेस्टुरेन्ट , मेला महोत्सवमा लोक तथा दोहोरी गितमा प्रयोग भएका शब्दहरु प्रती आफ्नो सस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रतिस्ठानले सास्कृतिक बिचलन,दोहोरो अर्थ लाग्ने अस्लिल सम्बाद , पारिवारिक मर्यादा बाहिरका अमर्यादित गतिविधिले नेपालको गौरबमय इतिहास र मौलिकतामाथी गम्भीर प्रहार गरेको उल्लेख छ। भ्युज र सस्तो लोकप्रियताको लागि सामाजिक मुल्य र मान्यताको खिल्ली उडाउदै डिजिटल माध्यम , दोहोरी साझ , मेला महोत्सवका मञ्चहरुमा उच्छृङ्खल हाउभाउ र अस्लिल शब्दहरु प्रस्तुत गरिनुले समग्र लोक संगीत क्षेत्र नै बदनाम हुने जोखिम बढेको महशुस भएको ठहर गरेको छ।

रास्टिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपालका अध्यक्ष रिता थापा मगर र महासचिव शिव हमाल हस्ताक्षरित उक्त्त बिग्यप्तिमा , नेपाल सरकार गृह मन्त्रालयलाई बिशेश आग्रह गर्दै सामाजिक संजाल , मेला महोत्सवमा हुने एस्ता गतिविधिलाई कानुन बमोजिम कडा कारवाही र नियमनको माग गरेको छ। साथै सस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्रालयलाई नेपालको अमुर्त सास्कृतिक सम्पदा संरक्षणको लागि स्पष्ट आचारसंहिता र अनुगमन सम्यन्त्र निर्माण गर्न ध्यानाकर्षण गराएको छ।
त्यसैगरी मेला महोत्सवका आयोजक , दोहोरी साझ संचालकलाई आर्थिक लाभ मात्र नहेरी नेपालको लोक सस्कृतिको जगेर्ना गर्न , कलाकारको प्रस्तुती र विषयवस्तुको गरिमालाइ गम्भीरताका महशुस गरिदिन आग्रह गरेको छ।

Last updated:2026 May 12 Tuesday 13:40:04

प्रतिक्रिया
सम्बन्धित समाचार