उपहार न्यूज
उदयपुर बैशाख २६
नेपाल उद्योग वाणिज्य महासंघको ६० औ बार्षिक साधरण सभाबाट केन्द्रिय सदस्यमा कोशी प्रदेश भुगोलबाट निर्वाचित रमेश रसाईलीलाई गृह नगर स्थित त्रियुगा उद्योगा वाणिज्य संघले सम्मान गरेको छ । त्रियुगा उद्योग वाणिज्य संघमा द्धितृय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुदै अध्यक्षको कार्यकाल पुरा गरेर रसाईली केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएको हो । स्थानिय स्तरमा समाजसेवी, इमान्दार व्यवसायीको पहिचान बनाउन सफल रसाईली गाईघाट स्थित रुजल ज्वेलर्सका संचालक समेत हुनुहुन्छ ।