बिज्ञान पराजुली / रोमानिया
रोमानियाको राजधानी बुखारिस्टमा 2 दिने घुम्ती शिबिर आज सम्पन्न भएको छ। पछिल्लो समय धेरै नेपाली विभिन्न पेशा ब्यसाय साथै कामदार भिसाका लागि रोमानिया छ्न तर रोमानिया नेपाली राजदुतावास नभएको कारण भोग्दै आएको समस्यालाइ मध्यनजर गर्दै गत मार्च महीनामा कन्सुलर सेवाको शिबिर संचालन भएपनी , कार्यब्यस्तता , राजधानी भन्दा टाढा भएका र सो शिवीर संचालन हुँदा छुट भएका सेवाग्राहीलाई मध्यनजर गर्दै जर्मन स्थित नेपाली राजदुतावासको टोलिले आकस्मिक शिवीर संचालन गरेको हो। आकस्मिक रुपमा भएको उक्त कार्यक्रममा राहदानी नवीकरण ,विवाह दर्ता, जन्मदर्ता , नाता प्रमाणित , अधिकृत स्तरिय वारेशनामाको लागि ९० जनाले सेवा लिएको परराष्ट मन्त्रालयका तृतीय सचीव दिपेन्द्र प्रसाद शाहले जानकारी दिनुभयो। नेपाल र रोमानियाबीच कूटनीतिक तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल–रोमानिया द्विपक्षीय परामर्श संयन्त्र को पहिलो बैठकमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल रोमानिया आएको थियो , सो बैठकमा सहभागी हुन नेपाली राजदुतावास जर्मनका कार्यवाहक राजदुत सागर फुयाल सहितको टोलि पनि बर्लिन बाट रोमानिया आएको बेला आकस्मिक रुपमै भएपनी सेवा दिइएको सचीव शाहको भनाइ छ।
एसैबिच ,रोमानियामा बसोबास तथा रोजगारी गर्दै आएका नेपाली नागरिकहरूले आफ्ना हक, हित, सुरक्षा तथा सम्मानजनक जीवनयापनको सुनिश्चितताका लागि विभिन्न समस्या र गुनासाहरू सम्बन्धित निकायसमक्ष औपचारिक रूपमा प्रस्तुत गरेका छन् ।
सो क्रममा नेपाली समुदायका प्रतिनिधिहरूले नेपाल सरकारका संयुक्त सचिव गणेश प्रसाद ढकाल, जर्मनीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागर प्रसाद फुयाल तथा परराष्ट्र मन्त्रालय, युरोप महाशाखाका उपसचिव उत्तम घिमिरेसमक्ष १५ बुँदे मागपत्र पेश गरेका हुन् ।
नेपालि समुदायसङ्गको भेटको अवसरमा रोमानियामा कार्यरत नेपाली श्रमिकहरूले लामो समयदेखि भोग्दै आएका विभिन्न समस्याबारे विस्तृत जानकारी गराइएको थियो । विशेषगरी श्रम शोषण, तलब तथा सेवा–सुविधामा हुने विभेद, कार्यस्थलमा हुने दुर्व्यवहार, आवास तथा स्वास्थ्य सुरक्षासम्बन्धी समस्या, कानुनी जटिलता, तथा नेपाली समुदायभित्रैबाट हुने अन्याय र ठगीका घटनाहरू प्रमुख रूपमा छ्न । नेपाली समुदायको मागपत्र बुझ्दै कार्यबाहक राजदुत सागर फुयालले , नेपालि समुदायले भोग्नु परेको समस्या लिखित रुपमा दूतावास सामु पेश गर्न , भएका प्रमाण हरुपनी सुरक्षीत गर्न आग्रह गर्नु भयो । मागपत्रमा उल्लेख भएका समस्यालाई आफुहरुले गम्भीरताका साथ लिएको बताउनु भयो ।