Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

ताप्ली गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा बार्षिक समिक्षा सम्पन्न

  • उपहार न्यूज
  • मंगलबार, साउन २१ २०८२
ताप्ली गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा बार्षिक समिक्षा सम्पन्न

उपहार न्यूज
रुपाटार श्रावण १९
उदयपुरको ताप्ली गाउँपालिका उदयपुरको आर्थिक बर्ष २०८१/०८२ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई तथा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । पालिकाबाट भएका सेवा प्रवाहको बिषयमा नागरिक संग प्रत्यक्ष अन्तरसंवाद गर्ने तथा पालिकाले आर्थिक बर्षभरी भएका गतिविधि सार्वजनिक गर्ने उद्देश्यले आयोजित कार्यक्रम एक कार्यक्रमका विच सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा सहजीकरण त्रियुगा मिडिया एजेन्सीका विश्वराज तामाङ र देवराज राईले गर्नु भएको थियो । कार्यक्रममा तेस्रो पक्षबाट भएको अनुगमनको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका लेखा शाखा प्रमुख टिकाराम विक र प्राविधिक शाखा प्रमुख मनिसकुमार यादवले पालिकाको आर्थिक बर्ष २०८१/०८२ मा भएका लेखाको आय व्याय तथा भौतिक पूर्वाधार निर्माणको बिषयमा जानकारी प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागी नागरिकहरुले स्थानिय भौतिक पूर्वाधार विकास, विद्युत, खानेपानी, कृषि, पशु लगायतका बिषयगत क्षेत्र संग सम्बन्धि प्रश्न तथा सुझाबहरु राख्नु भएको थियो ।
सहभागीहरुले उठाएका प्रश्नमा लेखा शाखा प्रमुख टिकाराम विश्वकर्मा, कृषि शाखा प्रमुख कुबेर चौधरी, जिन्सी शाखा प्रमुख लोकमणी थापा, पशु शाखा सुस्मीता कार्की, स्वास्थ्य शाखाका राजेश दनुवार, महिला तथा बालबालिका शाखाका रेवती कुमारी जोसीले उत्तर दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माले पालिकाले नागरिकहरुको माग र आवश्यक्ताको आधारमा बजेट तथा कार्यक्रम विनियोजन गर्ने गरेकाले सोहि अनुसारको काम गर्दै आएको बताउनु भयो । उहाँले पालिकाको सेवा प्रवाहलाई थप व्यवस्थित गर्दै लिने समेत बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनमाया मगरले पालिकाको किसानहरुका समस्याको रुपमा रहेको बादरको आतंकलाई निराकण हुने गरी काम गर्ने बताउनु भयो । उहाँले विद्युत बिजुली नबलेको स्थानमा विद्युत सुचारु गर्नका लागि आफुरुहले पटक पटक पहल गरीरहेको बताउनु भयो ।
उपाध्यक्ष मगरले विजुली, खानेपानी र बाटो मर्मतको मुख्य सडकहरुलाई ध्यान दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले शिक्षाको क्षेत्रमा विगत भन्दा केहि न केहि सुधार गरेका भएकाले अझ सुधार गरेर अघि बढ्ने बताउनु भयो । यसै गरी ताप्ली गाउँपालिकामा चिकित्सक सहितको स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्य मन्त्री मार्फत यसै आर्थिक बर्षबाट आसवासन पाएको समेत बताउनु भयो । कार्यक्रममा बोल्नु हुदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार मगरले आगामी दिनमा सेवा प्रवाहमा हुने समस्याको पहिचान गरेर सुधार गरेर लग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले कर्मचारी प्रशासनलाई थप व्यस्थित गर्नका लागि विद्युतिय हाजिरी गर्ने प्रावधान यसै आर्थिक बर्षबाट सुरुवात गरिने बताउनु भयो । उहाँले पालिकामा रहेको बेरुजु घटाउनको लागि समेत काम गर्ने बताउनु भयो । कार्यक्रममा ताप्ली गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष छत्रबहादुर श्रेष्ठ, वडा नम्बर ३ का वडाअध्यक्ष रंगमान तामाङ वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठले समेत आफ्नो भनाई राख्नु भएको थियो ।

Last updated:2025 Aug 05 Tuesday 17:40:52

प्रतिक्रिया
सम्बन्धित समाचार