उपहार न्यूज
असार २७, गायक दिलिप तामाङले आफ्नो पहिलो गीत र म्युजिक भिडियो सार्वजनिक गरेका छन् । खोटाङ दिक्तेल घर भई करिब एक दशक यता युकेमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा योग्दान पु¥याउदै आएका गायक दिदिप तामाङले आफ्नो पहिलो प्रस्तुती स्वरुप तामाङ सेलो “क्या मिठो बोली मैच्याङ्ग” को बोलको गीत संगै म्युजिक भिडियो सार्वजनिक गरेका छन् । डिजिटल प्ल्याटफर्म दिलिप तामाङ अफिसिलय युट्ब च्यानल मार्फत सार्वजनिक भिडियोमा दिलिपलार्य गायीका लिला गोम्देनले साथ दिएकी छिन् । श्रुतीमा श्रेष्ठ तामाङको प्रस्तुतीमा डिल्लीराम राईको शब्द र आशुसेन लामाको संगीतमा गीत सार्वजनिक गरिएको हो ।
म्यूजिक भिडियोमा हालका चर्चित मोडल डोना थापा र याङजी दोङलले अभिनय गरेका छन् । करिब एक दशक देखि नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशिल दिलिपले नेपाली स्रोत दर्शक माझ आगामी दिनमा अझ दम्दार प्रस्तुतीका साथ अन्य गीतहरु ल्याउने बताएका छन् । बुवा कालिबहादुर तामाङ, आमा विष्णुमाया तामाङ, श्रीमती श्रुतीमा श्रेष्ठ तामाङ र छोरी श्रुदिता तामाङ साथ युकेलाई कर्मथलो बनाउदै आएका गायक तामाङ सार्वजनिक गीत र म्युजिक भिडियो बारे स्रोता दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको बताउछन् ।