Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा नगरपालिका पूर्णखोप घोषणा

  • उपहार न्यूज
  • शुक्रबार, असार ६ २०८२
त्रियुगा नगरपालिका पूर्णखोप घोषणा

उपहार न्यूज
उदयपुर असार ६
त्रियुगा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । त्रियुगा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा त्रियुगा नगर प्रमुख बसन्तकुमार बस्नेतले नगरपालिकालाई पूर्णखोप सुनिश्चित दिगोपाना घोषणा गर्नु भएको हो ।
त्रियुगा नगरपलिका क्षेत्रमामा पूर्ण खोप सुनिश्चतता दिगोपना घोषणा गर्न आवश्यक मापदण्डहरु पुरा भए संगै त्रियुगा नगरपालिकालाई पूर्ण खोप घोषणा गरिएको त्रियुगा नगरपालिका स्वास्थ्य शाखाका उपेन्द्र कार्कीले जानकारी दिए ।
त्रियुगा नगरपालिका क्षेत्रमा चालु आर्थिक बर्षमा गरिएको घरधुरी सर्वेक्षण अन्तर्गत १६ देखि ५९ महिना बालबालिकाहरु मध्य राष्ट्रिय खोप निर्देशिका बमोजिम १५ महिना भित्र प्राप्त गर्नु पर्ने विभिन्न संक्रमण रोग विरुद्धको १३ वटा खोप प्राप्त गर्ने ४ हजार ८ बालबालिकाले पूर्ण खोप प्राप्त गरे संगै नगरलाई पूर्णखोपयुक्त नगरपालिका घोषणा गरिएको कार्कीले जानकारी दिए ।
कार्यक्रममा त्रियुगा नगर उपप्रमुख महेश्वरी राई, वडाअध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वमसेविका, पत्रकार लगायतको उपस्तिथी रहेको थियो । नगरलाई पूर्ण खोप घोषणा संगै सहभागीहरुले प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गरेका थिए । कार्यक्रममा नगरपालिकालाई पूर्णखोप युक्त नगरपालिका घोषणाको लागि सहयोग पु¥याउने स्वास्थ्यकर्मी, स्वास्थ्य स्वमसेविकाहरुलाई प्रशासन पत्र सहित सम्मान गरिएको थियो ।

Last updated:2025 Jun 20 Friday 15:25:14

प्रतिक्रिया
सम्बन्धित समाचार