Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

उदयपुरका पत्रकार कालोपट्टी बाँधेर आन्दोलित

  • उपहार न्यूज
  • आइतबार, चैत्र १६ २०८१
उदयपुरका पत्रकार कालोपट्टी बाँधेर आन्दोलित

उदयपुर, चैत १७ ।

पछिल्लो समय बिभिन्न घटनामा पत्रकार तथा संचारगृहमाथि आक्रमणको घटना बढेको भन्दै नेपाल पत्रकार महासंघ उदयपुर आन्दोलित भएको छ । चैत १५ गते राजसंस्था पक्षधर र गणतन्त्र पक्षधरबीच भएको मुठभेटमा आगलागी हुँदा ज्यान गुमाउने पत्रकारलाई क्षतिपूर्ति र संलग्नलाई कारवाहीलगायतको माग राख्दै जिल्लाका पत्रकारहरु संघर्षमा उत्रिएका हुन् ।

घोषित आन्दोलनको दोस्रो दिन महासंघ शाखा उदयपुर परिसरमा भेला भएका पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर बिरोध जनाएका थिए । पत्रकारको ज्यान जानेगरी भएको घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने र संचारगृहहरुलाई लक्षित गरी भइरहेको श्रृंखलाबद्ध गतिबिधिहरुमा संलग्नहरुलाई तत्काल नियन्त्रणमा लिई कानूनी दायरामा ल्याउन महासंघको माग छ ।

चैत्र १५ गते काठमाडौंमा भएको आन्दोलनको समाचार भिडियो कैद गरिरहेका एभिन्यूजकर्मी सुरेश रजकको मृत्यु भएको थियो । त्यस्तै अन्नपूर्णपोट र कान्तिपुर मिडियाको कार्यालयलाई लक्षित गरी आक्रमण प्रयास समेत भएको थियो । यता प्रहरीको डियर ग्यास प्रहार गर्ने बन्दुक खोसीरहेको दृष्य कैद गरिरहेका पत्रकारलाई पनि आन्दोलनकारीले धम्की र आक्रमण प्रयास गरेका थिए ।

दोस्रो दिन कालोपट्टी लगाएर बिरोध कार्यक्रममा सहभागी हुँदै महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरलले पत्रकारको ज्यान जाने गरी भएको सो घटनामा संलग्नहरुको पहिचान गरी कारवाही नभएसम्म आन्दोलन नरोकिने बताए । आईतबार जिल्लाका पत्रकारहरुले आआफ्नै संचारगृहमा समेत हातमा कालोपट्टी बाँधेर बिरोधसहित काम गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार