Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति नगरौं ः मन्त्री सिंह

  • उपहार न्यूज
  • आइतबार, मंसिर ९ २०८१
काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति नगरौं ः मन्त्री सिंह

काठमाडौं । उपपधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्ननहुने बताएका छन् ।आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उनले देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्न सक्छौं ? भन्दै प्रश्न समेत गरे । उनले भने,‘फोहोर मैलामा राजनीतिकरण गरेर त भएन नि । हामीले देशको राजधानीकै फोहोरमैला व्यवस्थापन गर्न नसक्ने हामीले अरु के कुरा व्यवस्थित गर्न सकौंला त ?प्रश्न आउँछ नि ,यो फोहोरमैलाको सवालमा विधिको शासनअनुसार हामी सबै चल्नुपर्दछ । चाहे सङ्घीय सरकार होस् वा प्रादेशिक सरकार होस् वा स्थनीय सरकार नै किन नहोस् विधिको शासनअनुसार त मान्नु प¥यो नि ,प्रक्रिया अनुसार हामी जान्छौं ।’उनले फोहोर व्यवस्थापनको विषयमा हुने छलफलको मात्र समाचार बन्ने गरेको भन्दै अब एक्सनमा गएको समाचार आउने गरी काम गर्ने बेला आएको धारणा राखे । उनले भने,‘काठमाडौं उपत्यकाको फोहोरमैलाको व्यवस्थापन गर्नका लागि धेरै समय चाँही गइसकेको छ । स्थानीय निर्वाचनपछि हरेक समयमा पत्रपत्रिकामा समाचार मिडियाहरुमा फोहोरमैलाको बारेमा समाचार पढ्ने गछौं । तर अब चाँही छलफल गरेको मात्र समाचार बन्ने होइन कि एक्सनमा गएको समाचार आउने गरी काम गर्ने बेला भयो ।’

Last updated:2024 Nov 24 Sunday 07:12:09

प्रतिक्रिया
सम्बन्धित समाचार