Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कन्याम घुम्नेहरुलाई राउन्ड सेल्फी फोटोवुथ

  • उपहार न्यूज
  • बुधबार, कार्तिक २८ २०८१
कन्याम घुम्नेहरुलाई राउन्ड सेल्फी फोटोवुथ

इलाम । इलामको सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगान परिसरमा फोटोप्रेमीहरुका लागि राउन्ड सेल्फी फोटोवुथले थप आकर्षित गराएको छ । हरियो चिया बगानलाई पृष्ठभूमिका राखेर सेल्फी लिने र टिकटकका लागि भिडियो बनाउनेहरुका लागि फोटोबुथ आकर्षित बनेको छ ।
पछिल्लो समय चाडपर्वको फुर्सदमा कन्याम पुग्ने पर्यटकहरु चियाबगान मात्रै होइन कुहिरोसँग लुकामारी खेल्दै छिनछिनमा परिवर्तन भइरहने मौसमसँग रमाउँदै फोटोवुथमा उक्लिएर तस्वीर लिने र भिडियो बनाउन झुम्मिने गरेका छन् ।
घोडा चढेर चिया बगान सयर गर्नेदेखि लिएर मौलिक संस्कृतिसँग जोडिएका पोशाकमा सजिएर तस्वीर खिचाउनेहरु अब फोटोबुथ आकर्षणका रुपमा थपिएको छ ।

Last updated:2024 Nov 13 Wednesday 08:29:18

प्रतिक्रिया
सम्बन्धित समाचार