Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा यसरी फुलपाती भित्र्याईयो (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • बिहिबार, असोज २४ २०८१
उदयपुरमा यसरी फुलपाती भित्र्याईयो (फोटो फिचर सहित)

उपहार न्यूज
उदयपुर असोज २४
नेपालीहरुको महान चाड दशैको सातौ दिन आज फुलपाती, हिन्दु परम्परा अनुसार देशैभरी नै फुलपाती भित्र्याईएको छ। फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गा पूजा गरेको ठाउँमा फुलपाती भित्याउने चलन छ।
दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यता अनुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने कार्य गरिन्छ। कृषकहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन्। उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा रहेको भगवती मन्दिर व्यवस्थापन समितिको आयोजनामा दशै घरमा फुलपाती भित्र्याईएको छ । फुलपाती भित्र्याउनु अगाडि नेपाली सेनाको पशुपती प्रसाद गण, नेपाल प्रहरी, शसस्त्र प्रहरी सहितको टोलीले बाजागाजा सहित बजार परिक्रमा गरेको थियो ।

तस्बीर सौजन्य ः नेपाली सेना पशुपती प्रसाद गण बोक्से

Last updated:2024 Oct 10 Thursday 07:52:02

प्रतिक्रिया
सम्बन्धित समाचार