Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

त्रियुगा नमुना मावि उत्कृष्ट घोषणा संगै पुरस्कृत

  • उपहार न्यूज
  • आइतबार, भाद्र २२ २०७६
त्रियुगा नमुना मावि उत्कृष्ट घोषणा संगै पुरस्कृत

उपाहार न्यूज
उदयपुर भाद्र २२
प्रदेश नम्बर १ सरकारले उदयपुरको त्रियुगा नमुना माध्यमीक विद्यालयलाई जिल्लाकै उत्कृष्ट सामुदायीक विद्यालयको रुपमा घोषणा गर्दै नगद दुई लाख सहित पुरस्कृत गरेको छ । आईतबार ४० औ राष्ट्रिय शिक्षा दिवश एवं ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवशको अबसरमा विद्यालयलाई जिल्लाको उत्कृष्ट सामुदायीक विद्यालयको रुपमा पुरस्कृत गरेको हो ।
प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयद्धारा विराटनगरमा आयोजित कार्यक्रममा सामुदायीक विद्यालय तर्फ त्रियुगा नमुना माध्यमीक विद्यालयलाई पुरस्कृत गरेको हो । त्रियुगा नमुना माध्यमीक विद्यालय संगै अन्य १३ जिल्लाका सामुदायीक विद्यालयलाई पनि पुरस्कृत गरिएको हो । २०२३ सालमा स्थापना भएको त्रियुगा नमुना मावि पछिल्लो समय शैक्षिक गुणस्तर भौतिक पूर्वाधार विकासको हिसाबले जिल्लामानै अब्बल सामुदायीक विद्यालयको नाममा परिचित समेत हुदै आएको छ । विद्यालय पुरस्कृत भए संगै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पाण्डेले शिक्षक, अभिभावक, विद्यार्थी र समाज सबै क्षेत्रबाट विद्यालय प्रतिको लगाबका कारण आज पुरस्कृत भएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नगद सहित पुरस्कृत गर्नु भएको थियो । पुरस्कृत भए संगै टेलिफोन सम्पर्कमा विद्यालयका प्रअ सुबास बिष्टले विद्यालयको परिवारले पछिल्लो समय गरेको मेहनत र परिश्रमको सहि मुल्यांकन भएको प्रति प्रदेश सरकारलाई कृतज्ञता व्यक्त गर्नु भयो ।
त्रियुगा नमुना माध्यमीक विद्यालय संगै वाल विकास तर्फ चौदण्डिगढि नगरपालिकाको एक वाल विकासलाई पनि दुई लाख सहित उत्कृष्ट वाल विकासको रुपमा पुरस्कृत गरिएको छ । यता निजि विद्यालय तर्फ प्याराडाईज बोर्डिङा गाईघाट पुरस्कृत भएको छ । प्याराडाईजलाई एक लाख नगद सहित पुरस्कृत गरिएको हो, पछिल्लो केहि बर्ष यता एसईई परिक्षामा उत्कृष्ट नतिजा निरन्तर हासिल गर्न सफल भए पछि निजि क्षेत्रबाट शैक्षिक गुणस्तर बृद्धिको मुल्यांकन गर्दै प्याराडाईजलाई पुरस्कृत गरिएको हो । यस बर्ष प्रदेश सरकारले प्रदेश नम्बर १ का १४ सामुदायीक, १४ वाल विकास र १४ निजि विद्यालयलाई पुरस्कृत गरेको हो । (त्रियुगा एक्सप्रेसबाट)

Last updated:2019 Sep 08 Sunday 15:20:08

प्रतिक्रिया
सम्बन्धित समाचार