मोरङ, फागुन १४ ।
मोरङस्थित इलाका प्रहरी कार्यालय रंगेलीले समाजमा हुने बिभिन्न अपराध र कानुनी व्यवस्थालगायतको बारेमा विद्यार्थीसँग अन्तरक्रिया गरेको छ । रंगेली नगरपालिका मोरङ र इप्रका रंगेलीको समन्वय तथा उच्च सरकारी वकिल कार्यालय बिराटनगर, जिल्ला सरकारी वकिल कार्यालय मोरङको संयुक्त आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा अनुसन्धान, अभियोजन तथा विविध अपराधहरुको सम्बन्धी सचेतनामुलक बिभिन्न प्रस्तुतीहरु रहेको थियो । सो क्रममा रंगेली नगरपालिका मोरङका प्रमुख दिलिप बगडिया, उप-प्रमुख भुमिका पराजुली, उच्च सरकारी वकिल कार्यालय बिराटनगरका प्रमुख न्यायाधिवक्ता नारायण थापा, जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख जिल्ला न्यायधिवक्ता सुबास भट्टराई, इप्रका रंगेलीका प्रमुख इन्स्पेक्टर बुद्धिराम चौलागाईं तथा जनता बहुमुखी क्याम्पस रंगेलीका शिक्षक र ७२ जना विद्यार्थीको सहभागिता रहेको ।
इन्स्पेक्टर चौलागाईंले अपराध अनुसन्धानमा विद्यमान कानुनी प्रावधान, लागुऔषध, साइबर अपराध तथा बहुबिबाहसम्बन्धी कानुनी तथा व्यवहारिक पक्षहरुबारे सहभागीलाई जानकारी गराएका थिए । पर्याप्त कानुनी प्रावधान र कसुरबारे अनविज्ञताले समेत अधिकांस अपराधहरुले प्रोत्साहन पाईरहेकाले पनि सचेतना आवश्यक रहेको इन्स्पेक्टर चौलागाईको भनाई छ ।