Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

किटिनी स्कुल ललितपुरका पूर्व विद्यार्थीले रुकुम पश्चिममा बालबालिकालाई न्यानो कपडा वितरण गरे

  • उपहार न्यूज
  • बुधबार, पुष ११ २०८०
किटिनी स्कुल ललितपुरका पूर्व विद्यार्थीले रुकुम पश्चिममा बालबालिकालाई न्यानो कपडा वितरण गरे

उपहार न्यूज
उदयपुर पौष ११
भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम स्थित आठबिसकोट नगरपालिकाका बालबालिकाहरुलाई ललितपुरको किटनी स्कुलका पूर्व विद्यार्थीहरुले न्यानो कपडा वितरण गरेका छन् । किटनी स्कुलका २०५४ सालको एस.एल.सी ब्याचका ९२ जना विद्यार्थीहरुले भुकम्प प्रभावित क्षेत्र आठविसकोटका दुई सय ५० जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको समाजसेवी तथा किटनी स्कुल २०५४ साल एस.एल.सी ब्याचका विद्यार्थी जितेन्द्र महर्जन पारसले जानकारी दिनु भयो । आठबिसकोट नगरपालिकामा रहेको जनजागरण माध्यमिक विद्यालयका शिशु क्लास देखि माध्यमिक तह सम्मका साना साना बिद्यार्थी महर्जन र पूर्व विद्यार्थी धनेन्द्र केसी सहितको टोलीले मंगलबार रुकुममै पुगेर न्यानो कपडा (ज्याकेट) वितरण गर्नु भएको हो । कपडा वितरण संगै महर्जनले यो अभियानमा विशेष पहल गर्नु हुने अनिल थापा र अधिवक्ता विजय सिलवाल, कृष्णमुरारी घिमिरे साथै गाडी व्यवस्थामा सहयोग पुर्याउनु भएका धनेन्द्र के सी लाई धन्यवाद समेत दिनु भयो ।

Last updated:2023 Dec 27 Wednesday 04:01:38

प्रतिक्रिया
सम्बन्धित समाचार