Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

असोज २७ मा मिस प्रोभिन्स आईडलको फिनाले धरानमा

  • उपहार न्यूज
  • सोमबार, असोज २२ २०८०
असोज २७ मा मिस प्रोभिन्स आईडलको फिनाले धरानमा

उपहार न्यूज
धरान असोज २२
ड्रिम एम प्रोडक्शनले आयोजना गरेको मिस प्रोभिन्स आईडलको दोस्रो शंकरणको ग्राण्ड फिनाले आगामी शनिवार (असोज २७) गते धरानमा हुने भएको छ । कोशी प्रदेशभरीका किशोरीहरुको सौन्दर्य, व्यक्तित्व तथा क्षमताको परिक्षण गरि विजेता घोषणा गरिने उक्त प्रतियोगीताको फाईनलमा १७ जना किशोरीहरुले प्रतिस्पर्धा रहने आयोजक समितिका कार्यक्रम संयोजक तथा मिस नेपाल आईडल २०१८ का विजेता मेरिना तुम्सा लिम्बुले जानकारी दिनु भयो । असोज २७ गते शनिवार धरान स्थित सदन स्कुलको सदन हलमा दिउसो ४ बजे देखि हुने प्रतियोगीताको ग्राण्ड फिनालेबाट दोस्रो शंस्करणको मिस प्रोभिन्स आईडल पाउने आयोजक ड्रिम एम प्रोडक्शनका अध्यक्ष कैलाश मोक्तानले जानकारी दिनु भयो ।
प्रतियोगीतको पहिलो शंस्करणको विजेता नुरिन बस्नेत, फस्ट रनरअप श्रृखला राई र सेकेण्ड रनरअप अन्सु राई भएकी थिईन् । प्रतियोगीताको फाईलिष्टहरुले विभिन्न सब टाईटल संगै विजेताले एयर होस्टेज तथा व्युटिशियन कोर्स लगायत अन्य पुरस्कारहरु प्राप्त गर्ने छन् । शनिवार हुने प्रतियोगीताको फाइनलमा तेह्रथुमका नमुना लिम्बु, राधिका परियार संखुवासभाका आकृति राई, रोजिना जिमि, धनकुटाका अनिता परियार र सोनिया लिम्बु, खोटाङका अपेक्षा राई, सुनसरीका मानगेस्मी लिम्बु, एन्जिला तामाङ, प्रनिसा राई, पुजा खड्का, निवास लिम्बु, निवासा श्रेष्ठ, आयुसा श्रेष्ठ, विनिसा विष्ट उदयपुरका अप्सरा राई, , ताप्लेजुङका मनिता लिम्बु, भोजपुरका विनिसा दर्लाल प्रतिस्पर्धामा उत्रिर्दैछन् ।

Last updated:2023 Oct 09 Monday 12:29:40

प्रतिक्रिया
सम्बन्धित समाचार