Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरका सोम लामाको अभिनय र रमेश भुजेलको स्वरमा ‘माईत जाने बाटो बन्द’ नयाँ तीज म्यूजिक भिडियो

  • उपहार न्यूज
  • आइतबार, भाद्र ३ २०८०
उदयपुरका सोम लामाको अभिनय र रमेश भुजेलको स्वरमा ‘माईत जाने बाटो बन्द’ नयाँ तीज म्यूजिक भिडियो

उदयपुर । उदयपुरका मोडल आरसी (सोम लामा)ले अभिनय गरेको तीज म्यूजिक भिडियो बजारमा सार्वजनिक भएको छ । बैदेशिक रोजगारीको क्रममा हाल कतार रहेका लामाले अभिनय गरेको गीत ‘माईत जाने बाटो बन्द’ सांगीतिक बजारमा आएको हो । 

लामा लामो समयदेखि कलाकारिता क्षेत्रमा क्रियाशील रहदै आएका छन् । ‘बिदेशी भूमिमा भएपनि फुर्सदको समय निकालेर कला क्षेत्रका लागि केही गर्ने चाहना छ’ लामाले भने, ‘नेपाली कलाकारिताप्रति वैदेशिक भूमीमै रहेर पनि सेवा गर्न पाउदा खुसी लागेको छ ।’

जेनियस म्यूजिक नामक युट्युब च्यानलबाट अपलोड भएको सो म्यूजिक भिडियो छोटो समयमै उत्साहपूर्ण प्रतिक्रिया आईरहेको मोडल लामा बताउछन् । अभिनयमा लामालाई सामाजिक सञ्जालमा लोकप्रिय ‘भाईरल’ प्रिन्सेस कोइरालाले साथ दिएकी छन् । त्यस्तै गुरुङ सोल्टी, रेबिका तामाङ, कृष्ण ढकाल, चन्द्र छिदाल र नेहा बास्ताकोटीलगायतले पनि अनिभय गरेका छन् ।

गीतमा भने अर्का उदयपुरे कलाकार रमेश भुजेलले स्वर दिएका छन् । फिमेल भ्वाईस सुनिता बुढाक्षेत्रीको सहकार्य छ । दोहास्थित संगीत महल स्टुडीयोमा रेकर्ड गरिएको गीत गायक भुजेलले नै शब्द र संगीत भरेका हुन् । छायाङ्कन र कोरियोग्राफी भविन्द्र तामाङले गरेका छन् भने गायक भुजेलले स्वयं निर्देशन गरेका हुन् ।

 

यहाँ तल क्लीक गरेर हेर्नुहोस् म्यूजिक भिडियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार