Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

त्रिजब क्याम्पस ३३ औ बर्षमा, प्रादेशिक विश्व विद्यालयको योजना

  • उपहार न्यूज
  • मंगलबार, भाद्र १० २०७६
त्रिजब क्याम्पस ३३ औ बर्षमा, प्रादेशिक विश्व विद्यालयको योजना

उपहार न्यूज
उदयपुर भाद्र १०
प्रदेश नम्बर १ कै अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको उदयपुरको त्रियुगा जनता बहुुमुखी क्याम्पस मोतिगडालाई प्रादेशिक विश्व विद्यालयको रुपमा विकास गर्ने लक्ष्य राखिएको जनाएको छ । क्याम्पस स्थापनाको ३३ औ बर्ष पुरा भएको अबसरमा मंगलबार आयोजित कार्यक्रममा क्याम्पसलाई प्रादेशिक विश्व विद्यालयको रुपमा विकास गर्ने योजना रहेको जनाएको हो ।
क्याम्पस स्थपना दिवशको अबसरमा आयोजित कार्यक्रममा सहभागीहरुले पछिल्लो समय त्रिजब क्याम्पस विविध कारणले गर्दा धरासायी हुने अबस्थामा पुगेकोले क्याम्पसको विकासको लागि सबै क्षेत्रबाट सहयोग गर्नु पर्नेमा समेत जोड दिएका थिए ।
क्याम्पसको विकासको लागि स्थानिय सरकारले महत्वका साथ सहयोग गर्नु पर्ने धारणा सहभागीहरुले राखेका थिए, प्रदेश नम्बर १ कै नमुना क्याम्पसको रुपमा रहेको त्रिजबले विश्व विद्यालय अनुदान आयोगबाट क्युएए प्रमाणित प्रमाणपत्र समेत हासिल गरिसकेको छ ।
क्याम्पसले विश्व विद्यालय अनुदान आयोगबाट क्युएए प्रमाणिकरण भए संगै क्याम्पस प्रति जनविश्वास बढ्दो अबस्थामा रहेको सहभागीहरुले बताएका थिए । त्रिजब क्याम्पसले हाल मानविकि, व्यवस्थापन, शिक्षाशास्त्र संकायमा प्लस टु देखि स्नातक तह सम्म र स्नतकोत्तर तहमा शिक्षा तर्फ एम.एम नेपाली र अंग्रेजी र व्यवस्थापनमा स्नातकोत्तर एमविएस संचालनमा रहेको क्याम्पस प्रमुख रमेशचन्द्र रोकाले जानकारी दिनु भयो । क्याम्पसमा हाल कमप्युटर साईन्स, आईसिटिई र विएसडब्लु जस्ता प्राविधिक र व्यवसायिक बिषयका शैक्षिक कार्यक्रमहरु संचालनमा रहेको प्रमुख रोकाले जानकारी दिनु भयो ।
क्याम्पसले औषतमा ४० प्रतिशत परिक्षा नतिजा हासिल गर्दै आएको छ, कुल १७६७ विद्यार्थी अध्यान गरीरहेको क्याम्पसले आगामी दिनमा थप शैक्षिक कार्यक्रमहरु समेत थप गर्दै अघि बढ्ने योजना रहेको क्याम्पस प्रमुख रोक्काले जानकारी दिनु भयो ।
क्याम्पसले आर्थिक बर्ष २०७५÷०७६ मा आन्तरिक स्रोत मार्फत ३ करोड २४ लाख ८४ हजार एक सय ३१, बाह्य स्रोतबाट ९० लाख ३८ हजार दुई सय ८२ गरी कुल ४ करोड १५ लाख २२ हजार चार सय १३ रुपैया आम्दानी गरेको छ । क्याम्पसले तलब भत्ता तथा संचालन खर्च तर्फ तीन करोड २५ लाख ७ हजार दुई सय ९७ र पुुजीगत तर्फ एक करोड ९ लाख २६ हजार ८ सय २६ रुपैया गरी चार करोड ३४ लाख ३४ हजार एक सय २३ रुपैया खर्च भएको जनाएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष मीन बहादुर ज्यूठकुरीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पसका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य वीरेन्द्र कुमार बस्नेत, प्रदेश सभा सदस्य विमल कार्की, त्रियुगा नगरपालिका नगर प्रमुख वलदेव चौधरी, क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्य, क्याम्पस सभा सदस्यहरु तथा स्थानिय विद्यालयहरुका प्रध्यानध्यापकहरु, पत्रकार तथा विद्यार्थीहरुको उपस्तिथी रहेको थियो । कार्यक्रममा क्याम्पस दिवशको अबसरमा आयोजित विभिन्न प्रतियोगीताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

Last updated:2019 Aug 27 Tuesday 13:30:44

प्रतिक्रिया
सम्बन्धित समाचार