Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

ट्राफिक सप्ताहमा लापसे र मापसे जाँच

  • उपहार न्यूज
  • आइतबार, असार २४ २०८०
ट्राफिक सप्ताहमा लापसे र मापसे जाँच

विज्ञान पराजुली
उदयपुर असार २४
कोसी प्रदेशमा संचालन भइरहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत उदयपुर जिल्लामा पनि विविध कार्यक्रम गरि मनाईने क्रम जारी छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा गत मंगलबारबाट शुरु भएको सप्ताह व्यापी अभियानलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले पनि विभिन्न कार्यक्रम गरि संचालन गरि रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख लोक बहादुर दियालीले जानकारी दिनुभयो । सोही अभियान अन्तर्गत आईतबार जिल्लाको त्रियुगा नगरपालिका ६ लालपत्तामा सवारी चालकहरुको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागू पदार्थ सेवन) को परिक्षण गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले उदयपुर जिल्ला पनि लागू पदार्थ दुव्र्यसनीको ट्रान्जिट पोइन्ट जस्तै भएकोले त्यसलाई न्यूनीकरण गर्न र आम नागरिक एवम सवारी चालकलाई चेतना फैलाउन यो कार्यक्रम प्रभावकारी भएको र यस अभियानलाई निरन्तरता दिने बताउनु भयो ।
ंमादक पदार्थ सेवन र लागू पदार्थको प्रयोगले सवारी दुर्घटना हुने र त्यस्तै ठूलो धनजनको क्षति हुने हुँदा ट्राफिक प्रहरीले यसलाई महत्वका साथ संचालन भएको यो कार्यक्रमलाई प्रभावकारी बनाउन आम नागरिक एवम सरोकारवाला निकायको सहयोग उत्तिकै अपरिहार्य हुने धारण राख्नु भयो । त्रियुगा नगरपालिका वडा नम्बर –६ का वडा अध्यक्ष योगेन्द्र दाहालले आफ्नो वडा , सदरमुकाम प्रवेशद्धार भएको र लागू औषध ओसारपसारको केन्द्र जस्तो भएकोले त्यसलाइ न्यूनीकरण गर्न स्थानीय सरकारको प्रहरी कार्यालयसगको समन्वयमा जलजलेमा ३ वटा र लालपतामा एउटा गरि ४ वटा सिसि क्यामेरा जडान गरिएको जानकारी दिनु भयो । उहाँले मापसे र लापसे चेकजाँच नियमित हुनुपर्ने र त्यसको लागि वडाको तर्फबाट सकेसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । प्रहरी चौकी लालपत्ताका इन्चार्ज एबम प्रहरी सहायक निरीक्षक रोसन निरौलाले आफुले लालपत्ता चौकि प्रमुखको जिम्मेवारी सम्हालेको ६ महिना मात्रै भएपनि लागू पदार्थ ओसारपसार र दुव्र्यसनमा पक्राउ परेका ब्यक्तिहरु जो कोहि भएपनी कानुनी कठघरामा उभ्याउन सफल भएको र कोहि कसैको दबाबमा नपर्ने बताउनु भयो ।
केही राजनैतिक पहुँचको आधारमा त्यस्ता ब्यक्ती छुटाउन दवाब आएपनी आफू नियम र कानुन भन्दा माथी गएर कुनै कार्य नगर्ने दाबी गर्नुभयो । आईतबार भएको उक्त कार्यक्रममा १ जना लागू पदार्थ सेवनकर्ता र २ जना मापसे गर्ने सवारी चालक फेला परेको र उनिहरुलाइ कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरी बरिस्ठ हवल्दार सागर दियालीले जानकारी दिनु भयो । कोशी प्रदेशमा जारी सप्ताहव्यापी कार्यक्रमको सोमबार एक कार्यक्रमका विच समापन हुनेछ ।

Last updated:2023 Jul 09 Sunday 13:32:20

प्रतिक्रिया
सम्बन्धित समाचार