Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

शिक्षक संघ उदयपुरमा कार्की र राउत भिड्दै

  • उपहार न्यूज
  • बुधबार, जेष्ठ २४ २०८०
शिक्षक संघ उदयपुरमा कार्की र राउत भिड्दै

उपहार न्यूज
उदयपुर जेठ २४
नेपाल शिक्षक संघ उदयपुरको ९ औ जिल्ला अधिवेशनको सरगर्मी बढे संगै नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । शिक्षक संघ उदयपुरको नयाँ नेतृत्वको लागि बुधबार मनोनयन दर्ता गरिएको छ । संघको अध्यक्ष पदको लागि बाबुराम कार्की र राम बहादुर राउतले उम्मेदवारी दर्ता गराएका छन् । आगामी जेठ २७ गते हुने निर्वाचनको लागि महिला उपाध्यक्ष पदमा कमला सुवेदी र हिराकुमारी चौधरी, खुल्ला उपाध्यक्षको लागि भोगनारायण यादव र बमेन्द्र बहादुर बुर्जा मगर सचिव पदमा रामप्रसाद ढुंगाना र केवल विक्रम सिंह ठकुरीले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी अर्थ सचिवको लागि कर्ण बहादुर मगर र मिथलेश्वरी खतिवडा सह सचिव पदको लागि उमेश घिरमे र मेघनाथ लुईटेल, महिला सह सचिव पदको लागि रत्ना तामाङ र रिता परियारको उम्मेदवारी परेको छ । अर्थ सह सचिवको लागि प्रतिमा गिरी र बुद्धलक्ष्मी राई, समावेशी सह सचिवका लागि जसी नारायण चौधरी र बलरामा राई सह सचिव समावेशीको लागि गोपाल कुमार श्रेष्ठ र दिपेन्द्रकुमार गुप्ताको उम्मेदवारी परेको छ ।
त्यसैगरी खुल्ला सदस्य पदको लागि रामध्यान यादव, राजकुमार चौधरी, देवीचरण भट्टराई, थाम राज राई, नारायण सिंह ठकुरी, राम प्रसाद पुरी, जित बहादुर बस्नेत र नागेश्वर प्रसाद साहको उम्मेदवारी परेको छ ।
त्यसैगरी महिला सदस्य पदको लागि ममता मगर, आशा खाँ चौधरी, रमिता श्रेष्ठ, ईश्वरी कार्की, बरुणा खत्री र लेख कुमारी भण्डारीको उम्मेदवारी परेको छ ।
यता संघिय महाधिवेशन प्रतिनिधिको लागि सरिता खड्का, रित बहादुर पुलामी मगर, लक्ष्मी प्रसाद कट्टेल र पार्वती राउतको उम्मेदवारी परेको छ ।

Last updated:2023 Jun 07 Wednesday 15:13:54

प्रतिक्रिया
सम्बन्धित समाचार