उपहार न्यूज
उदयपुर जेठ १६
नेपाल मुस्लिम संघ जिल्ला समिति उदयपुरको तेस्रो जिल्ला अधिवेशनबाट नजबुल खानको नेतृत्वमा समिति चयन भएको छ । समितिको उपाध्यक्षमा सदरुल मिया, सचिव मुस्तफा अली, कोषाध्यक्षमा अमिना खातुन, सह– सचिव पवित्रा खातुन
सह कोषा अध्यक्ष हसिना खातुन चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मो. अलीजान मिया, जरिना खातुन, बरकैत मिया, मुमताज खातुन लगायत १५ सदस्य जिल्ला कार्य समिति चयन भएका छन् ।
नेपाली कांग्रेस उदयपुरका पार्टी कार्यालय गाईघाटमा आयोजित कार्यक्रममा कांग्रेस उदयपुरका सभापती तथा प्रदेश सभा सदस्य हिमाल कार्कीको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल मुस्लिम सघ केन्द्रीय कार्यवहाक अध्यक्ष डाक्टर अताबुल मन्सुरी, कोशी प्रदेश माननीय डाक्टर ईस्राईल मन्सुरी, लिला कुमारी राई, पूर्वप्रतिनिधि सभा सदस्य माननीय प्रमिला राई, त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेत, पुर्व प्रदेश माननीय सन्जा दनुवार, नेपाली कांग्रेस प्रदेश सदस्य सदस्य सुमन परियार, पुर्प उप मेयर देबी कुमारी चौधरी लगायतको उपस्तिथी रहेको थियो ।