Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

जिरो देखि हिरो बन्दै लिम्चुङबुङ, ५ नम्बर वडा कार्यालय सुविधा सम्पन्न भवनमा

  • उपहार न्यूज
  • मंगलबार, माघ १० २०७९
जिरो देखि हिरो बन्दै लिम्चुङबुङ, ५ नम्बर वडा कार्यालय सुविधा सम्पन्न भवनमा

उपाहार न्यूज
उदयपुर माघ ८
स्थानिय तहको पुनसंरचना अघि उदयपुरको जाते गाविसको नामबाट परिचित उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ ले आईतबारबाट आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रारम्भ गरेको छ ।
भवनको एक समारोहका विच गाउँपालिका अध्यक्ष मेजरकुमार राई मिजासले रिवन काटेर गर्नु भएको हो । भवन उद्घाटन संगै अब ५ नम्बर वडा कार्यालयको अब दैनिक प्रशासनिक कार्य गर्न सहजता पुगेको छ ।
सशस्त्र द्वन्द कालमा बिद्रोही पक्षहरूले तत्कालीन गाउँ बिकास समितिको कार्यालय तोडफोड तथा आगजनी गरेपछि कार्यालय बाट दिने सेवा प्रभावित भएको थियो । जनप्रतिनिधि बिहिन समयमा सचिबले झोलामा बोकेर जनतालाई सेवा प्रवाह गरेका थिए त्यस पश्चात् केही बर्ष १ वटा कोठा भाडामा लिएर सेवा दिइरहेको कार्यालयले अब आफ्नै कार्यालयबाट सेवा दिने भएको छ ।
गाउँपालिकाको आ ब ०७७÷०७८ बाट बिनियोजित ४४ लाख ७ हजार र आब ०७८÷०७९ बाट ३३ लाख ९० हजार बिनियोजित रकमले सो कार्यालय भवन निर्माण गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मेजरकुमार राईले गाउँपालिकाको विकास जनप्रतिनि र कर्मचारीले मात्रै संभव नभएकाले सबैले मिलेर गाउँको विकासमा जुट्नु पर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले लिम्चुङबुङलाई जिरो देखि हिरो बनाउने अभियानहरु संचालन भैरहेकाले गाउँका सबै नागरिकहरु जागरुक हुनु पर्ने बताउनु भयो ।
उहाँले पालिकामा सडक पूर्वाधारको विकास, आर्थिक उपार्जनको लागि कृषिको व्यवसायीकरण तथा पर्यटनको प्रचुर संभावाना रहेको क्षेत्रमा लगानीकर्ता भित्राउने कार्यहरु भैरहेको बताउनु भयो । उहाँले गाउँपालिका जनप्रतिनिधिको मात्रै नभएकाले यहाँको विकास गर्न नागरिकको पनि उत्तिकै दायित्व रहेकाले आग्रह पूर्वाग्रह राख्नु भन्दा नि सहकार्य गरेर अघि बढ्नका लागि आग्रह गर्नु भयो ।
गाउँपालिकाले पर्यटन विकासको लागि एभरेष्ट भ्यूटप निर्माण देखि, स्वास्थ्यका पूर्वाधार तथा खानेपानीको लागि लिफ्टीङ योजना समेत संचालनको तयारीमा रहेको बताउनु भयो । उहाँले गाउँपालिकाको नागरिकलाई कसरी धनी बनाउने भन्ने सोच र संकल्पका साथ अध्यक्ष कृषि परियोजना लगायतका कार्यक्रमहरु संचालन गरिरहेका बताउनु भयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पुष्पलाल राईले गाउँको विकास गर्नका लागि गाउँपालिकलाई सफल गाउँपालिका बनाउनको लागि आफुहरु लागेकाले जनप्रतिनिधिलाई पनि विश्वास गरेर सहयोग पु¥याउन आग्रह गर्नु भयो । उहाँले प्रतिपक्षी भुमिकामा रहेर गाउँपालिका प्रति खबरदारी गर्ने पक्षलाई समेत धन्यावद दिदै काम गर्दै जादा हुने कमीकम्जोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले गाउँमा विकास योजनालाई प्रभावकारि बनाउनका लागि जनप्रतिनिधि र कर्मचारीले मात्रै चाहेर नहुने बताउनु भयो । उहाँले हाल सम्म विकास योजनाका अधिंकास योजनाहरु सम्झौता हुन नसकेको बनाउदै २०७९ माघ महिना भित्रमा वडा तथा गाउँपालिकामा विनियोजित पूर्वाधार विकासका योजनाहरु सम्झौता गरी काम अघि बढाउनका लागि आग्रह गर्नु भयो । समयमा योजना सम्झौता नहुदाँ पछि असारे विकासबाट बजेट तथा कार्यक्रम प्रभावकारी नहुने उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष कविचन्द्र राईले लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ को पहिलो प्राथमिक्ता शिक्षाको विकास र चुनौतीको रुपमा रहेको खानेपानी समस्यालाई साधान गर्ने भएकाले सोहि अनुरुप अघि बढ्को बताउनु भयो । वडा नम्बर ३ का वडाअध्यक्ष गुरुमणी कुमाईले आगामी १बर्ष ६ महिना भित्र पालिकालाई पूर्ण बिधुतिकरण गरि सक्ने र पालिकाको केन्द्रबाट सबै भन्दा टाढा वडा जाँते भएका कारण १ लाख भन्दा कम रकमका योजना वडाबाटै सम्झौता गर्ने प्रक्रिया अघि बढाईने गाउँपालिकाका प्रबक्ता गुरुमणी कुमाईले बताए । कार्यक्रममा स्थानिय राजनैतिक दलका प्रतिनिधि माओवादी नेपाली कांग्रेसका उपसभापती लालसेर राई, केन्द्रका सचिव मनोज बुढाथोकी लगायत समाजसेवीहरुले शुभकामना दिएका थिए ।
कार्यालय उद्घाटनको अबसर पारेर लिम्चुङ्बुङ गाउँपालिका वडा नम्बर ५ जाँते सबै भन्दा जेष्ठ नागरीक ९४ बर्षिय पर्बलक्षी राईलाई कार्यक्रमका प्रमुख अतिथिबाट खादा माला , दोसल्ला र प्रसंशा प्रत्रका साथ सम्मान गर्नु भएको छ । त्यसका साथै समृद्ध लिम्चुङ्बुङ बनाउन सहयोग पुर्याउने १० जना टोल बिकास समिति पदाधिकारी , १० महिला स्वास्थ्य स्वयंसेबिका , ३ जना स्वास्थ्यकर्मी , २१ जना अन्य ब्याक्तित्वलाई सम्मान तथा कदर पत्रका साथ सम्मान गरेको छ ।

Last updated:2023 Jan 24 Tuesday 04:01:43

प्रतिक्रिया
सम्बन्धित समाचार