उपाहार न्यूज
उदयपुर भाद्र २४
त्रियुगा माध्यमिक विद्यालय गाईघाटका ४५ जना शिक्षकहरुलाई शिक्षण सिकाई प्रभाकारी बनाउनको लागि सहयोग पु¥याउने उद्देश्यले ल्यापटप प्रदान गरिएको छ । विद्यालयको आन्तरिक स्रोतबाट शिक्षकहरुको शैक्षिक गुणस्तर बढाउनको लागि ल्यापटप वितरण गरिएको हो ।
विद्यालयका शिक्षकहरुलाई प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई प्रभावकारी हुन्छ भन्ने आशा राखेका छौ विद्यालयका प्रध्यानध्यापक सुबास बिष्टले भन्नु भयो । ल्यापटप पाए पछि शिक्षकहरु समेत हर्षित भएका छन्, सूचना र प्रविधिको युग भएकाले शिक्षकहरुले नयाँ नयाँ बिषयहरु खोजी गर्दै बालबालिकालाई अध्यापन गराउन सहज हुने विद्यालयले विश्वास लिएको छ ।
ल्यापटप वितरण कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेत, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन, त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सुमन्त कोइराला, नगर शिक्षा शाखा प्रमुख शिवकुमारी राउत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पाण्डे लगायतले विद्यालयको यस किसिमको कार्यले शिक्षकहरुलाई थप जिम्मेबार बन्नका लागि प्रेरित गर्ने बताउनु भएको थियो ।