Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

माओवादी वडाअध्यक्षको उम्मेदवार सहित ५२ कांग्रेस प्रवेश

  • उपहार न्यूज
  • आइतबार, भाद्र १९ २०७९
माओवादी वडाअध्यक्षको उम्मेदवार सहित ५२ कांग्रेस प्रवेश

उपाहार न्यूज
उदयपुर भाद्र १९
माओवादी केन्द्रका प्रदेश संगठन विभाग सदस्य कुल बहादुर कटुवाल सहित ५२ जना जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् । कटुवाल माओवादी प्रदेश संगठन विभाग सदस्य, त्रियुगा नगर समिति सह सचिव तथा त्रिगुगा नगरपालिका वडा नम्बर ८ मा गत स्थानिय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार थिए । कटुवाल संगै माओवादी केन्द्रका त्रियुगा नगर समिति सदस्य तथा दलित मुक्ति मोर्चा जिल्ला पूर्व उपाध्यक्ष तथा वडा समिति इन्चार्ज रण बहादुर विक, त्रियुगा नगर सदस्य तथा वाईसिएल वडा सचिव रविन राई, वडा समितिका कोषाध्यक्ष तथा जिल्ला महिला सदस्य देवी आले मगर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुसंगै त्रियुगा नगरपालिका वडा नम्बर ८ का बविता विक, लाल बहादुर विक, पूर्ण बहादुर विक, प्रेम श्रेष्ठ, आशाराम चौधरी, डिक बहादुर दनुवार, निर्मला राउत, अम्बर बहादुर खत्री, नथर दनुवार, रोमन खड्का, राधा बुढाथोकी, दिपेन्द्र दनुवार, ओमलाल गिरी, युवराज थापा, दुर्ग बहादुर बस्नेत, सरोज कार्की, लक्षण खड्का, नवराज राय, मोहन पाठक, कृष्ण मगर, जानुका राई, देवराज खत्री, उमालक्ष्मी श्रेष्ठ, सरिता दनुवार, सिता विक, सावित्रा विक, टंक बहादुर विक, दुर्गामाया विक, कटक बहादुर दनुवार, शुकराम दनुवार, महेश चौधरी, नेत्र बहादुर विक, अप्सरा विक, नन्द बहादुर कटुवाल, समसेर बहादुर दनुवार, भिम बहादुर पाण्डे, राम बहादुर खरिगाउले, हिरा बहादुर राया, सोम बहादुर दनुवार, गणेश बहादुर परयिार, ज्ञान बहादुर बुढाथोकी, राजकुमार धमला, पदम बहादुर दनुवार, हिरा भट्टराई, धन बहादुर दनुवार र जनक बहादुर दनुवार आईतबार एक कार्यक्रमका विच कांग्रेस प्रवेश गरेका हुन् ।


नव प्रवेशीहरुलाई नेपाली कांग्रेस उदयपुर सभापती तथा प्रदेश १ सरकारका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, प्रदेश नम्बर १ का सहमामन्त्री विनोदकुमार बस्नेत, प्रदेश सभा १ (ख) का सभापती सरोजकुमार बस्नेत, त्रियुगा नगर सभापती प्रकास कुमार खड्का, प्रदेश सभा सदस्य संजा दनुवार, त्रियुगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार राउत, वडा नम्बर ३ का वडा अध्यक्ष तिलक कटुवाल, ५ का उद्धब थापा, ९ का राजकुमार दनुवार, १२ का चुडाराज काफ्ले, प्रदेश १ (ख) सचिव फिरन खड्काले अविर तथा माला लगाएर स्वागत गर्नु भएको थियो ।


कार्यक्रममा कांग्रेस नेताहरुले नव प्रवेशीहरुलाई पार्टीले उचित मुल्यांकन गरेर व्यवस्थापन गर्ने र नेपाली कांग्रेसको संगठनमा इमान्दारीताका साथ जिम्मेबारी निर्वाह गर्नका लागि आग्रह गरेका थिए । त्रियुगा नगरपालिका वडा नम्बर ८ ले वडा दशै, शुभ दिपावलीको अबसरमा शुभकामना आदनप्रदान सहितको कार्यक्रममा नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गरिएको हो । कार्यक्रम वडा नम्बर ८ का वडा सभापती लिलबहादुर बस्नेतको अध्यक्षता तथा कांग्रेस नेता एलबि कार्कीको सहजीकरणमा संचालन भएको थियो ।

Last updated:2022 Sep 04 Sunday 07:25:42

प्रतिक्रिया
सम्बन्धित समाचार