ठविन्द्र मगर
रुपाटार जेठ ३०
उदयपुरको ताप्ली गाउँपालिका उदयपुरमा गाउँपालिका स्तरीय अन्तर विद्यालय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । सिर्जनशिल क्रियाकलाप स्वस्थ प्रतिस्पर्धा र हाम्रो प्रयास सिकाइमा निरन्तरता भन्ने मुल नारा का साथ ताप्ली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा ताप्ली गाउँपालिका क्षेत्रका सामुदायीक विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रतियोगीताहरुमा सहभागीता जनाएका थिए । कार्यक्रममा बकतृत्वकला ्रतियोगिता,कबिता लेखन ,हाजिरिजवाफ, सास्कृतिक(नृत्य) प्रतियोगिता, नृत्य तर्फ ककनिश्वर मा बि ठानागाउ प्रथम, द्वितीय– महेन्द्र रत्न मा बि रुपाटार, तृतिय– मा बि कटहरे भएको थियो ।
वकतृत्व कला तर्फ “सामूदायिक बिध्यालयहरुको शैक्षिक स्तर अभिबृधिमा सरोकारवालाको भूमिका बिषयको प्रतियोगीतामा प्रथम – शिशिर सुनुवार ककनिस्वर मा बि ठानागाउ, द्वितीय – खिला मगर मा बि कटहरे, तृतिय – दिपशिखा राई मा बि रुपाटार भएका थिए । हाजिरिजवाफ प्रतियोगीता तर्फ प्रथम आ बि जतनपुर, द्वितीय– महेन्द्र रत्न म बि रुपाटार, तृतिय – मा बि कटहरे हुन सफल भएको थियो ।
यता निबन्ध तर्फ प्रथम – काजल थापा मा बि रुपाटार, द्वितीय– मन्दिप राई मा बि कटहरे, तृतिय– छत्र आले मगर मा बि पिपल भन्ज्याङ भएका थिए । चित्रकला प्रथम– हेमन्त खड्का, द्वितीय–सङम राई, तृतिय– मनिश राई हस्तलेखन (आ बि १–५ स्तरिय ) नेपाली बिधा तर्फ प्रथम–लोकेन्द्र नेपाली, द्वितीय–लक्ष्मी राई, तृतिय – प्रमिसा रम्तेल भएका थिए । अङ्ग्रेजी बिधा तर्फ प्रथम –योजना राई, द्वितीय –शोभा लगुन, तृतिय –निता खड्का भएका थिए ।
प्रतियोगीतामा हाजिरिजवाफ प्रतियोगीताका प्रथम ५ हजार नगद ,प्रमाण पत्र, द्वितीय चार हजार पाँच सय नगद प्रमाण पत्र, तृतिय हुन सफललाई तीन हजार प्रदान गरिएको थियो । अन्य बिधाका प्रथम द्वितीय र तृतिय क्रमश पाँच हजार, तीन हजार र दुई हजार साथमा प्रमाण पत्र प्रदान गरिएको गाउँपालिकाका शिक्षा अधिकृत सन्जु दाहालले जानकारी दिनु भायो । कार्यक्रममा सहभागी बालबालिकाहरुलाई गाउँपालिका अध्यक्ष ढुङ्गराज बि क, उपाध्यक्ष धनामाया मगर तथा प्रमुखु प्रशासकीय अधिकृत रामचन्द्र लामाले पुरस्कार बितरण गर्नु भएको थियो ।