उपहार न्यज
काठमाण्डौ , चैत १
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार एक लाख जना म्यादी प्रहरीको लागि विज्ञापन खुलाएको हो ।
इच्छुक नेपाली नागरिकले यही चैत ६ गते देखि ११ गते सम्म आवेदन दिन सक्नेछन् ।
आवदेन फाराम दर्ता गर्ने अन्तिम मिती सम्म १८ वर्ष पूरा भएको र ५४ नमागेको हुनु पर्छ साथै फारम जिल्ला स्थित जिल्ला प्रहरी कार्यलयमा उपलब्ध हुनेछ ।
छनोट भएका उमेरदवरले निर्वाचन अबधिभर बढीमा ४० दिन काम गर्नु पर्ने साथै छनोट भएका उम्मेदवारले ३० हजार २४० रुपैयाँ सम्म तलब, सात हजार २०० रुपैयाँ खाद्यान्न र ६ हजार रुपैयाँ पोषाक तथा अन्य सामान खरीदका लागि प्राप्त गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
