Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका ४ वटा योजनाको काम थालियो, १०९ घरधुरीलाई रोजगार

  • उपहार न्यूज
  • मंगलबार, फाल्गुन ३ २०७८
उदयपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका ४ वटा योजनाको काम थालियो, १०९ घरधुरीलाई रोजगार

उपहार न्यूज
उदयपुर, फागुन ४
उदयपुरको त्रियुगा नगरपालिका १६ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ४ योजनाको उद्घाटन गरिएको छ । त्रियुगा नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आर्थिक बर्ष २०७८ र ०७९ मा सन्चालित गोरेम्पा रातमाटे चमेरे सडक, सिम्ले राता पानी सडक, सिमलपानी खरिटार आधारभूत विद्यालय सडक र तिनधारे आँपडाँडाँ सडकको उद्घाटन संगै काम थालिकएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७८र ०७९ मा सन्चालित ४ वटा योजनाको काम सुरु भएसंगै १०९ घरधुरीले रोजगार पाएका छन् ।

वडा अध्यक्ष मान वहादुर राईकाहनुसार जसमा रातमाटे चमेरे सडक २ हजार २ सय पचार मिटर लामो सडक रहेकोमा २० जना मजदुरहरुलाई खटाईएको छ । तेस्तै ससिम्ले राता पानी सडक योजना २ हजार ७ सय मिटर रहेको छ यो बाटो सिम्ले बाट रातापानी हुँदै डहर सम्म जोडिने बाटो रहेको भने यसको लागि ४२ जना मजदुरहरु खटाईएको छ । यस्तै वडाकै विकट ठाउँ तिनधारे आँपडाँडाँ सडक १५ सय मिटरको हाराहारीमा रहेको जनाईएको छ यहाँ पनि २० जना कामदारहरु खटाईएको छ । यता सिमलपानी खरिटार आधारभूत विद्यालय सडक भने सबै भन्दा लामो १७ सय ४० मिटर रहेको राई जनाए । यहाँ २७ जना कामदारहरु खटाईएको छ ।

यस रोजगार कार्यक्रममा बिषेश गरी महिला, दलित, जनजाति र अति विपन्न मजदुरहरुलाई प्राथामिकता दिएर काम सुरु गरिएको वडा अध्यक्ष राईले बताए । योजना उद्घाटन सँगै कामदारहरुलाई १ दिने अभिमुखी करण समेत दिईएको वडाले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि देवी कुमारी चौधरी सहित निर्देशक समिति सदस्य तथा वडा नम्बर १० का वडा अध्यक्ष प्रकाश कुमार खड्का , रोजगार सम्योजक निशा घले , ईन्जीनियर रमेश चन्द्र ढुङ्गाना र प्राविधिक अनिल दनुवारको सहितको सम्पूर्ण सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

योजनाको उद्घाटन मंगलबार त्रियुगा नगरपालिकी उपमेयर देवी कुमारीले चौधरीले गरेकि हुन् । वडा भित्र रहेका बिकट स्थानहरुमा विकासको योजना पुराउँदै काम सुरु गरिएको वाड अध्यक्ष राईले बताए ।

Last updated:2022 Feb 15 Tuesday 18:26:32

प्रतिक्रिया
सम्बन्धित समाचार