Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • उपहार न्यूज
  • बुधबार, माघ ५ २०७८
फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो

उपाहार न्यूज
उदयपुर, माघ ५

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज (बुधबार)राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल,मट्लितेलकोसाविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल,मटितेल १२२ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य भने नबढाको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ । पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मूल्य समायोजन भएको थियो ।

निगमले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक नयाँ मूल्य प्राप्त गरेको र अधिकांश पटक मूल्य बढेर आएको भएपनि ३ पटक मात्र मूल्य समायोजन गरेको निगमले जनाएको छ । निगमले करिब १९ अर्व २६ करोड घाटा व्यहोरिसकेको र आगामी २३ जनवरी, २०२२ मा तेल खरिद वापत भुक्तानी गर्न निगमलाई झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको निगमले जनाएको छ । ‘सो रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्नुपर्ने बाध्यात्मक स्थिति समेत सिर्जना भएको छ । तसर्थ निगमले प्रचलनमा ल्याएको स्वतः मूल्य निर्धारण संरचनालाई क्रियाशिल बनाई सो अनुरुप मूल्य समायोजन गर्दै जानुपर्ने देखिएकोले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ । यसपटको मूल्य वडाए पछिपनि१५ दिनमा करीब १ अर्ब ८८ करोड रूपैयाँ घाटा हुने स्थिति देखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार