Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

उदयपुरमा थप ४७ मा संक्रमण, संक्रमित संख्या १२९०

  • उपहार न्यूज
  • मंगलबार, जेष्ठ १८ २०७८
उदयपुरमा थप ४७ मा संक्रमण, संक्रमित संख्या १२९०

उपाहार न्यूज
उदयपुर जेठ १८
उदयपुरमा आज थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमिको संख्या एक हजार दुई सय ९० पुगेको हो ।
आज थप २४ पुरुष र २३ महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । सबै भन्दाबढी त्रियुगामा १७, बेलकामा १० र चौदण्डीगढी नगरपालिकामा छजनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै लिम्चुङबुङमा आँठ र रौतामाई गाउँपालिकामा छ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।
कोरोना जितेर आज दुईजना घर फर्किएसँगै जिल्लामा संक्रमण मुक्त हुनेको संख्या दुई सय ३९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट जिल्लामा ३५ जनाले ज्यान गुमाइसकेका छन् ।

Last updated:2021 Jun 01 Tuesday 12:33:44

प्रतिक्रिया
सम्बन्धित समाचार