Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

त्रियुगा नमुनाका विद्यार्थीलाई पाठ्य पुस्तक

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ २९ २०७७
त्रियुगा नमुनाका विद्यार्थीलाई पाठ्य पुस्तक

उपाहार न्यूज
उदयपुर जेठ २९
कोरोना कहरका विच त्रियुगा नमुना माध्यमिक विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई पाठ्य पुस्तक वितरण गर्न सुरु गरिएको छ । विद्यार्थीहरुमा स्वअध्यानका लागि शैक्षिक संस्था संचालनमा नआए पनि विद्यालयले पहिलो चरणमा कक्षा १० का विद्यार्थीहरुलाई पाठ्य पुस्तक वितरण गर्न सुरु गरेको विद्यालयका प्रधानध्यापक सुबास विष्टले जानकारी दिनु भयो ।

एक कार्यक्रमका विच बिहिबार त्रियुगा नगरपालिकाका नगर प्रमुख वलदेव चौधरीले विद्यार्थीहरुलाई पाठ्य पुस्तक हस्ताणतरन गर्नु भएको हो । कोरोना कहरका कारण शैक्षिक संस्थाहरु समेत प्रभावित भएको अबस्थामा विभिन्न प्रविधि मार्फत संचालन भैरहेको कक्षामा सहभागी भएर स्वअध्यान गर्नका लागि विद्यार्थीहरुलाई नगर प्रमुख चौधरीले आग्रह गर्नु भयो । त्रियुगा नमुना माध्यमिक विद्यालयमा अध्यानरत नेपाली र अंग्रेजी दुवै माध्यमका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्ताणतरन गरिएको प्रधानध्यापक बिष्टले जानकारी दिनु भयो । शैक्षिक सामाग्री हस्ताणतरन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष छेवाहाङ राई लगायतको उपस्तिथी रहेको थियो ।

Last updated:2020 Jun 11 Thursday 07:47:10

प्रतिक्रिया
सम्बन्धित समाचार