Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सरस्वतीको मन्दिर माथि राजनिति, विद्यालयको सहमती विनानै उद्घाटन विद्यालयले उद्घाटन भएको मन्दिर पुजा नगर्ने

  • उपहार न्यूज
  • बुधबार, माघ १५ २०७६
सरस्वतीको मन्दिर माथि राजनिति, विद्यालयको सहमती विनानै उद्घाटन विद्यालयले उद्घाटन भएको मन्दिर पुजा नगर्ने

उपहार न्यूज
बेल्टार माघ १५
उदयपुरको चौदण्डिगढि नगरपालिका ७ स्थित सगरमाथा आधारभुत विद्यालय भुल्केमा स्थानिय केशव अधिकारीले निर्माण गरेको सरस्वती मन्दिर विद्यालय व्यवस्थापन समितिको सहमती विनै उद्घाटन भएको छ । स्थानिय केशव अधिकारीले स्वर्गीय फुपु महेश्वरा अधिकारीको सम्झनामा निर्माण गरेको मन्दिर विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको निर्णय बिनानै बुधबार जबरजस्ती प्रदेश सभा सदस्य विमल कार्कीमार्फत उद्घाटन गराएका छन् ।
विद्यालय परिसरमा मन्दिर निर्माण भए पनि सो मन्दिर विद्यालय हाता भित्र भएकाले विद्यालय व्यवस्थापन र प्रशासन संगको सहमतीमा उद्घाटन गरिनु पर्ने हो तर यहाँ विद्यालयलाई राजनैतिक अखडा बनाउन खोजियो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिकुमार कटुवालले उपहार न्यूज संग भने ।

माघ १६ गते उद्घाटन गरिने भए पनि सोहि अनुसार तयार भएको शिलालेखमा १५ गते बनाईएको छ

विद्यालयमा निर्माण गरिएको मन्दिर माघ १६ गते सरस्वती पुजाको अबसरमा चौदण्डिगढि नगरपालिका प्रमुख खगेन्द्र राईबाट उद्घाटन गराउने विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र स्वंम निर्माताको सहमती भएको थियो कटुवालले भने । तर १६ गतेको लागि तय गरिएको कार्यक्रम १५ गतेनै विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र संबन्धित स्थानिय जनप्रतिनिधिलाई समेत खबर नगरी प्रदेश सभा सदस्य विमल कार्की ल्याएर मन्दिर उद्घाटन गरिएको कटुवालले बताए ।
हामीले स्थानिय सरकारलाई समेत सहभागी गराएर गर्नु पर्ने निर्णय गरेका थियौ तर मन्दिर निर्माण पक्षले एक्लौटी ढंगले विद्यालयमा मन्दिर उद्घाटन गरेको छ । विद्यालयमा मन्दिर उद्घाटन भैरहदाँ संबन्धित वडाका जनप्रतिनिधि समेत बेखबर रहेको वडा नम्बर ७ का वडाध्यक्ष तेजराज तिम्सिनाले बताए ।
विद्यालय शान्ति क्षेत्र हो सबैको सहमतीमा विद्यालयमा गतिविधि हुनु पर्ने हो तर कुनै पार्टी विशेषका व्यक्ति सहभागी भएर मन्दिर उद्घाटन भएको स्थानिय नागरिकहरु बताउछन् । माघ १६ गते सरस्वती पुजा एक दिन अघि उद्घाटन गरिएको मन्दिर विद्यालयले जिम्मा नलिने र विद्यालयले पुजा नगरी विगतमा जस्तै छुट्टै मन्दिर बनाएर सरस्वती पुजा गर्ने तयारी रहेको विव्यस अध्यक्ष कटुवालले जानकारी दिए ।
यता मन्दिर निर्माता केशव अधिकारीले भने आफुले लगानी गरेर निर्माण गरेको मन्दिर भएकाले प्रदेश सभा सदस्य मार्फत उद्घाटन गराउने आफ्नो सोच भएकाले कार्यक्रम राखिएको बताए ।

Last updated:2020 Jan 29 Wednesday 07:24:41

प्रतिक्रिया
सम्बन्धित समाचार