Upahar News आइतबार, कार्तिक २ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.

कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी

  • उपहार न्यूज
  • शनिबार, असोज १७ २०८३
कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले आफू पार्टी र देश बनाउने अभियानका लाग्नको लागि महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको बताए। उनले भने, ‘कांग्रेसलाई जनतासँग जोड्ने अभियान र देश बनाउने अभियानमा साथ दिनुहुनेछ भन्ने अपेक्षा सहित महामन्त्रीको उम्मेदवारी घोषणा गर्छु।’ नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य समेत भैसक्नु भएका शर्माले पार्टीको छविलाई फर्काउनको लागि आफ्नो उम्मेदवारी भएको बताए।
उनले थपे, ‘म नेपाली कांग्रेसको टिमको मान्छे हो। म बिपी कोइरालाको अनुयायी हो, गिरिजाबाबुको कार्यकर्ता हो। अहिले पार्टीको विरासत खस्किएको अवस्था छ, यसलाई बरकरार राख्नको निम्ति हाम्रो उम्मेदवारी हो।’
उनले देशभरबाट आउने प्रतिनिधिको साझा उम्मेदवार भएको जिकिर गर्दै आफ्नो कुनै टीम नभएको बताए। कांग्रेसको महाधिवेशन आइतबार उद्घाटन हुँदैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार